नेपाल भारत मिडीया फोरम केन्द्रिय तदर्थ समिती गठन

वीरगंज/
नेपाल तथा भारतमा कार्यरत सन्चारकर्मीहरुको वीरगंजमा सम्पन्न एक भेलाले नेपाल भारत मिडीया फोरम केन्द्रिय तद
र्थ समितीको गठन गरेको छ ।
दुबै देशका सन्चारकर्मीहरलाई समेट्दै पत्रकारीताको माध्यमबाट दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने उदेश्यका साथ श्रीराम रायमाझिको अध्यक्षतामा २५ सदस्यीय केन्द्रिय तदर्थ समिती गठन गरिएको छ  ।
गठित केन्द्रिय समितीको बरीष्ठ उपाध्यक्षमा चन्द्रभुषण साह, प्रथम उपाध्यक्षमा अनिल तिवारी, द्धितिय उपाध्यक्षमा सन्जय साह, तृतिय उपाध्यक्षमा अजय यादव रहनु भएको छ ।
त्यसैगरी महासचिबमा हिमालय टेलीभिजनका ब्युरो प्रमुख बिजय कुशवाहा, सचिवमा सत्यराज घिमिरे, सहसचिबमा नवराज फुँयाल, कोषाध्यक्षमा प्रदिप चौरसीया
रहनु भएको छ ।
गठित तदर्थ समितीको केन्द्रिय सदस्यहरुमा एबीसी टेलिभिजनका शेखर छतकुली, मनोज पटेल, राम कुशवाहा, रमेश सुवेदी , महम्मद सद्धाब, अमित साह, नेहाल खान, कपिल देब यादव, नरेश शर्राफ, पुष्पराज शर्मा, राजन रौनीयार, दिपेन्द्र गजुरेल, बिन्दुभुषण साह, बिरेन्द्र साह, अमित अग्रवाल र सफल खतिवडा रहनु भएको छ ।
त्यसैगरी तदर्थ समितीको सल्लाहकारमा पुरुषोत्तम सिंह भट्टराई, अशोक तिवारी, ध्रुब अधिकारी, ध्रुब साह, दिपेन्द्र चौहान, बिनोद मानन्धर र रमेश सुबेदी रहनु भएको छ ।
यसैगरी गठित समितीको मानार्थ सदस्यहरुमा भारतीय सन्चारकर्मीहरु ई.टि.भी. बिहारका अशोक कुमार सिंह, दैनिक जागरणका महम्मद अखलाख, बिजय गिरी, प्रभात खबरका अजित सिंह, हिन्दुस्तान दैनिकका अनिल कुमार, सहरा टि.भी.का अभिषेक कुमार, एन.डि.टि.भि.का ऋषिकेश आजाद र प्रभात खबरका मनोज कुमार रहनु भएको छ  ।
वीरगंजको स्विमिङ्गपुल परिसरमा सम्पन्न भेलामा नेपाल र भारतका झण्डै डेढसय सन्चारकर्मीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नवगठित तदर्थ समितीलाई सल्लाहकार धु्रुब अधिकारी, अशोक तिवारी, पुरुषोत्तमसिंह भट्टराई, बिनोद मानन्धर लगायतका ब्यक्तिहरुले सफलताका लागी शुभकामना ब्यक्त गर्नुभएको थियो ।
भेलाको सन्चालन युवा पत्रकार नवराज फुँयालले गर्नुभएको थियो  ।


SHARE THIS

Author:

Facebook Comment