“समय आएपछि कदम चाल्छु” पूर्व राजा शाह

गौर, असार ४ । उचित सयम आएपछि राष्ट्रहितका लागि आफूले जस्तोसुकै  कदम चाल्न पछि नपर्ने पूर्व राजा ज्ञानेन्द्र शाहले बताउनुभएको छ ।
मंगलवार रौतहट भ्रमणको क्रममा पूर्व राजा शाहले सो कुरा बताउनु भएको हो ।
पूर्व राजा शाह सदरमुकाम गौरस्थित सिया पैलेसमा संचारकर्मीहरुसंगसंक्षिप्त कुरा कानी गर्दै सुदुरपश्चिममा आएको प्राकृतिक प्रकोपकापीडित परिवार प्रति शान्तिको कामना गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
प्रजातान्त्रिक मूल्य र मान्यतालाई कायम राखि चुनाव हुनु पर्ने पूर्व राजा ज्ञानेन्द्रले बताउनु भयो । संचारकर्मीलेसोधेको एउटा प्रश्नको जवाफ दिदैं राजा शाहले भन्नु भयो, “अहिले नै आफूले कुनै किसिमको कदम चाल्ने समय आइसकेको छैन,  तर देश र नेपाली जनताको हितकोलागि
आवश्यक परेको खण्डमा आफूले जस्तोसुकै कदम चाल्न पछि पर्दिंन ।  । पूर्व राजा शाहको रौतहट भ्रमण हुँदैछ भन्ने खबरले जिल्लाका विभिन्न गाउँबाट लाखौंको संख्यामा आएका जसाधारणले “राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ” लगायतका गगनभेदी नाराहरू लगाएका थिए ।
पूर्व राजा शाहको दर्शनकालागि उर्लिएको जनसागरलाई व्यवस्थापन गर्न शिवसेना नेपाल, राष्ट्रवादी प्रतिनिधि र नेपाल प्रहरीलाई निकै गाह्रो भएको थियो । भ्रमणको क्राममा पूर्वराजाले रौतहटको सदरमुकाम गौर स्थित ऐतिहासिक शिवालय मन्दिरमा पुजा आजा गर्नु भएको थियो । पूर्व राजाले शिवालय मन्दिर मर्मतकालागि एक लाख र बालमन्दिरमा अध्ययरत अपाङ्गहरुका लागि एक लाखरुपैयाँ सहयोग प्रदान गर्नु भएको थियो ।
यसअघि सोमवार हेटौडामा पनि पूर्व राजाको भव्य स्वागत गरिएको थियो । पूर्वराजा शाहको सवारी अर्थात धार्मिक यात्रा भोलि जनकपुरमा हुने जनाइएको छ । राजा शाह असार ७ गते वीरगंज आउने कार्यक्रम तय गरिएको जनाइएको छ ।

SHARE THIS

Author:

Facebook Comment