रौतहट/ १३ असार । सडक विभागले चन्द्रनिगाहपुरको मुख्य चोक स्थित चपुर प्लाजाको अगाडि नाला खनेर त्यसै छाडेपछि दुर्गन्धले स्थानीय ब्यापारी तथा पैदल यात्रुलाई समस्या परेको छ ।
नाला सफा गर्ने क्रममा एक घरको शौचालयको ट्याङ्की नै फुटेपछि बाटो हिड्ने बटुवा देखी स्थानीय ब्यापारी दुर्गन्ध सहन बाध्य हुनु परेको न्यौपाने फेन्सी स्टोर्सका सञ्चालक श्रीराम न्यौपानेले बताउनु भयो । सडक विभागको चन्द्रनिगाहपुर कार्यालयका इन्जिनियरसंग सो बिषयमा कुरा राख्दा उनले वास्ता नगरेको स्थानीयको भनाई रहेको छ । लामो समय देखी नाला खनेर अलपत्र छाडेका कारण सो स्थानमा दुर्घटना हुने सम्भावना समेत बढेको स्थानीय बासिन्दाको भनाई रहेको छ ।
सो बिषयमा नमुना गाबिस चन्द्रनिगाहपुरका प्रमुख उदयप्रसाद देबकोटासंग सम्पर्क राख्न खोज्दा सम्पर्क हुन् सकेन् । नगरको मुख्य चोक नै दुर्गन्धित भएपछि व्यापार व्यावसाय मै असर परेको ब्यापारीहरुको गुनासो छ । यस बिषयमा गाबिसको कार्यालयले समेत समय मै चासो लिनु पर्ने स्थानीय बासिन्दा सत्रुधन खड्काको भनाई रहेको छ । नाला ब्यवस्थित नहुंदा चन्द्रनिगाहपुरमा पटक पटक बिभिन्न समस्याहरु उत्पन्न हँुदै आएको भएपनि स्थानीय राजनीतिक दलका नेता देखी सरोकारवालाहरुले चासो नदिएको जन गुनासो बढ्न थालेको छ ।