तीन महिनादेखि पुस्तक बिना पढार्इ....

रौहतट १३ असार । साझा प्रकाशनको चरम लापारवाहीका कारण रौतहट जिल्लाका सामुदायिक बिद्यालयका बिद्यार्थीहरुले नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लाग्दा समेत पुस्तक पाउन सकेका छैनन् । कक्षा ९ र १० को बिज्ञान र गणित बिषयको पुस्तक नपाएको बिद्यार्थीहरुले गुनासो गरेका छन् । स्थानीय पुस्तक ब्यवसायीहरुले पनि साझा प्रकाशनले समयमा पुस्तक नदिएकाले आफुहरुले बिद्यालयलाई पुस्तक दिन नसकेको

बताएका छन् । बिज्ञान र गणित बिषयको पुस्तक नभएका कारण तत्काललाई पुरानै पुस्तकबाट पठनपाठन चलिरहेको प्रधानाध्यापकहरुले
जानकारी दिएका छन् । जिल्लाका केही बिद्यलायहरुले पूरा किताब सेट पाएको भएपनि रौहतटमा बिज्ञान र गणित बिषयको अझै दश हजार सेट कितावको अवश्यक्ता रहेको ज्ञान सागर स्टेशनरी चन्द्रनिगाहपुरका संचालक बिशालजित  तामाङको भनाई रहेको छ । जिल्लाका अधिकांस बिद्यालयमा पुस्तक नभएका कारण पुरानै पुस्तकबाट काम चलाउनु पर्ने बाध्यता रहेको शिक्षकहरुको भनाई रहेको छ । बिगत केही बर्ष देखी साझा प्रकाशनले समयमा पुस्तक प्रकाशन नगर्दा रौहतटका बिद्यार्थीको पढाई प्रभाबित हुदै आएको छ । साझा प्रकाशनले समयमा पुस्तक नदिएका कारण यहाँका ब्यापारीले समेत समयमा पुस्तक बिद्यालयलाई दिन नसकेको चन्द्रनिगाहपुरमा रहेको अर्को श्रेष्ठ पुस्तक पसलका सञ्चालक माधवलाल श्रेष्ठको भनाई रहेको छ 

SHARE THIS

Author:

Facebook Comment