नितिगत रुपमा सुधार नगरेसम्म व्यवसायीक कफी खेती हुन नसक्ने भनाई

कृषि क्षेत्रमा पछिल्लो समय चर्चामा आएको कफी खेतीको लागि नितिगत रुपमा सुधार नगरेसम्म व्यवसायीक हुन नसक्ने एक कार्यक्रमका सहभागीहरुले वताएका छन् । नेपाल कफी व्यावसायी महासघको आयोजना तथा कफी प्रबद्र्धन कार्यक्रमको सहयोगमा असार १० गते ललितपुरको याकप्यालेसमा आयोजना गरिएको कफी सरोकारवालाहरु विचको अन्तर्रक्रिया कार्यक्रमका सहभागिहरुले उक्त कुरा बताएका हुन् ।
सरकारी तथा सामुदायीक बनमा कफी खेती गरेर कतिपय देशले राष्ट्रिय अर्थतन्त्रलाई नै धानिरहेको अवस्थामा नेपालमा बन भित्र कफी
खेती गर्न नपाईने निति बनाएर राष्ट्रिय आम्दानी नै गुमाएको उक्त कार्यक्रमका सहभागिले व्यक्त गरे ।
अन्र्तराष्ट्रिय बजारको साथै नेपाली बजारमा पनि नेपाली अर्गानीक कफीको माग अत्याधिक भैरहेको अवस्थामा राज्यले कफी तथा बन नितिमा सुधार गरी नेपालका सामुदायीक तथा राष्ट्रिय बनहरुमा कफी रोपण गरेमा लाखौ बेरोजगार लाई रोजगार दिनुको साथै राष्ट्रिय अर्थतन्त्रमा नै टेवा पुग्ने समेत कार्यक्रमका सहभागिले वताए ।
छहारि मन पराउने कफी खेतीलाई खुल्ला ठाउँमा लगाएकै कारण सेतो गवारो लगायत विभिन्न रोग लागेर उत्पादन घट्नुको साथै कफीको गुणस्तरमा नै ह्रास आउने भएकोले निति नियममा तत्काल सुधार गर्नुपर्ने सहभागिहरुको धारणा रहेको थियो ।
कार्यक्रमा बोल्दै कृषि मन्त्रालयका सह–सचिव विजयकुमार मल्लीकले नितिगत कुरामा सरोकारवाला निकाय विच समन्वय गरेर प्रविधि विस्तारमा सुधार गरि कफी उत्पादनमा बृद्धि गर्नुपर्ने वताए । कफी सम्वन्धी निति नियम बनाउने तथा समन्वय गर्ने काम राष्ट्रिय चिया तथा कफी विकास बोर्डको भएको हुँदा सर्वप्रथम बोर्ड नै सक्रिय हुनु पर्ने बताउँदै सह–सचिव मल्लीकले कफीको लागि मापदण्ड बनाई काम गर्न सुझाव दिनुभयो ।
सरकारले मुख्यत कफी किसानको आवाश्यकता लाई सम्वोधन हुने गरी फिल्डमा गएर मात्र कार्यक्रम बनाउनुपर्ने वताउँदै सह–सचिव मल्लीकले सरोकारवाला निकायको साथै कफी सम्बन्धी संघसंस्थाहरु समन्वयात्मक रुपमा अगाडी बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । मल्लीकले कफी उत्पादन हुने गाविसमा स्थानीय गाविस, जिल्लामा जिल्ला विकास समितिको कृषि क्षेत्रको रकम समेत कफी विकासको लागि खर्च गर्नुपर्ने बताउँदे मन्त्रालयको तर्फवाट कफी विकासको लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सो अबसरमा व्यपार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक इश्वरीप्रसाद घिमिरे र कृषि उद्यम केन्द्रका कार्यकारी निर्देशक प्रदिप महर्जन लगायतले नेपाली कफीको उत्पादन बृद्धि गरी गुणस्तर कायम गर्दै निर्यात गर्नसकेमा नेपाली कृषकको साथै देशको अर्थतन्त्रमा समेत उल्लेख्य योगदान पुग्ने बताउदै नेपालको कफी बिकासमा आ–आफ्नो तर्फवाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाल कफी व्यवसायी महासंघको तर्फवाट नेपालको कफी विकासमा महासंघले निर्वाह गर्दै आएको भूमिका, नेपालमा कफीको स्थिती, कफी विकासमा सरोकारवाला निकाय सँगको सहकार्यताको साथै महासंघका आगामी कार्यक्रमको वारेमा जानकारी गराईएको थियो ।

कार्यक्रममा कफी सरोकारवाला निकाय जाईका नेपालका नरेन्द्रकुमार गुरुङ, आईडिई नेपालका बिजयमान स्थापीत, राष्ट्रिय चिया तथा कफी विकास वोर्डका बिनोद आचार्य, कफी तथा चिया विकास शाखाका देबेन्द्र श्रेष्ठ, कफी प्रबद्र्धन कार्यक्रमका भोलाकुमार श्रेष्ठ लगायतले नेपालको कफी विकासमा आ–आफ्नो निकाय बाट गरिएका कार्यहरुको साथै आगामी कार्यक्रमको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारीको अध्यक्षता, उपाध्यक्ष गोपीप्रसाद ढुङ्गानाको स्वागत मन्तव्य र महा–सचिव भवानीप्रसाद शर्माको संचालनमा सम्पन्न उक्त कार्यक्रममा अन्य विभिन्न कफी सरोकारवाला निकायका प्रतिनिधिको साथै कफी व्यवसायीहरुको उल्लेख्य सहभागिता रहको थियो ।


SHARE THIS

Author:

Facebook Comment