काठमाडौ १० असार
बीरगंज उद्योग बाणिज्य संघको टोलीले आज मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसाग भेट गरी बीरगंजको सम्भावना र समस्याको बारेमा जानकारी गराएका छन् ।
संघका अध्यक्ष अशोक कुमार बैदको नेतृत्वमा बीरगंजको समस्या लिएर काठमाडौ पुगेका संघका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, शिक्षाविद् र सञ्चारकर्मीले संयुक्तरुपमा बीरगंजको समस्याको बारेमा जानकारी गराएका थिए ।
भेटघाट कार्यक्रममा संघका निवर्तमान अध्यक्ष अशोक कुमार टेमानीले बृहतर बीरगंजको अवधारणा बारेमा प्रकाश पारेका थिए । हिजोको सानो आकारको शहरमा बढदो जनसंख्या र भौतिक पूर्वाधारको कारण बीरगंज शहर साघुरो हुदै गइराखेकोले यसलाई वृहतर बीरगंजमा लैजानुको अर्को विकल्प नभएको जानकारी गराएका थिए ।
मन्त्रिपरिषद अध्यक्ष रेग्मीले सबै कुरा सुनिसकेपछि, यस बारेमा सम्बन्धित मन्त्रालयसंग कुरा गरेर यस अवधारणालाई गम्भीरता पूर्वक अगाडी बढाउने तर्फ पहल गर्ने बताएका छन् ।
यसैगरी टोलीले अर्थ मन्त्री शंकर कोइराला, उधोग सचिव कृष्ण ज्ञवाली र बाणिज्य आपूति सचिव जनाद्र्धन नेपालसंग छुट्टाछुट्टै भेट गरी उधोग र बाणिज्यसंग सम्बन्धित समस्याको बरोमा जानकारी गराए । सो अवसरमा संघका अध्यक्ष अशोक कुमार बैदले बीरगंज पथलैया कोरिडोरलाई मापदण्ड सहितको औधोगिक कोरिडोर घोषणा गर्नु पर्ने माग गरेका थिए । साथै विशेष आर्थिक क्षेत्रको निर्माण प्रक्रियालाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । सचिवद्वयले संघका अध्यक्ष वैदले उठाएका बिषयलाई गम्भीरतापूर्वक लिएका थिए ।
यसैबीच नेपाल उधोग बाणिज्य महासंघ र बीरगंज उधोग बाणिज्य संघ पदाधिकारीबीच विशेष भेटघाट सम्पन्न भएको थियो । भेटघाटको क्रममा बीरगंजको औधोगिक क्षेत्रमा देखिएको समस्याको बारेमा विशेष छलफल भएको थियो । भेटघाट कार्यक्रममा संघका अध्यक्ष अशोक कुमार बैदले बीरगंज पथलैया कोरिडोरलाई अधिकारिक रुपमा घोषणा गराउन महासंघले विशेष भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए ।
अध्यक्ष बैदले राखेको कुरामा महासंघका अध्यक्ष सुरज बैदले वर्तमान अवस्थामा नेपाल सरकारले हाल भएका औधोगिक क्षेत्रलाई सरकारले सुरक्षा र संरक्षण गर्न नसकिरहेको अवस्थामा हामीले बरु विशेष आर्थिक क्षेत्रको कार्यान्वयनको लागि पहल गर्नु पर्नेमा जोड दिएका थिए । भेटघाट कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले सरकारले अघि बढाएको सम्पति शुद्धिकरण नीतिले आर्थिक क्षेत्रमा अराजकता फैलाएको आरोप लगाए ।
कार्यक्रममा बीरगंज उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत ताराप्रसाद कार्की, पूर्व सभासद अजय कुमार द्धिवेदी, एमालेका अंचल प्रमुख चिरञ्जिीवी आचार्य, शिक्षाविद डा. दिपक शाक्य, बरिष्ठ उपाध्यक्ष प्रदिप केडिया, उपाध्यक्षद्वय ओमप्रकाश शर्मा, सुवोध गुप्ता, नागरिक समाजका तर्फबाट संजय खेतान र संघका प्रतिनिधि मनोज उपाध्यायको उपस्थिती रहेको थियो ।