नेपाल समाजवादी पार्टीको केन्द्रिय बैठक सम्पन्न

आर.सि.एनबाट
वीरगंज ११ गते असार । नेपाल समाजवादी पार्टी ( लोहियावादी ) को केन्द्रिय कमिटीको बैठक यहि असार ९ र १० गते वीरगंजको केन्द्रिय कार्यालयमा केन्द्रिय अध्यक्ष विमल प्रसाद यादवको अध्यक्षतामा बैठक सम्पन्न भएको छ ।
सो बैठकले संबिधान सभाको चुनावबाट मधेशी, दलित, अल्पसंख्यकको अधिकार सुनिश्चित हुने भएकोले संबिधान सभा चुनावको उपयोग गर्न पार्टीका सम्पुर्ण संगठनलाई परिचालन गरिनुको साथै सबै जिल्लामा पार्टीको जिल्ला भेला गर्ने समेत निर्णय गरेको छ ।
त्यसै गरी नेपाल र भारतको उतराखण्मा आएको प्राकृतिक प्रकोपबाट नेपाली र भारतिय जनताको मृत्यु हुन गएकोमा दु : ख ब्यक्त गर्नुको साथै नेपालको बिभिन्न जिल्लामा बाढीले क्षति पुर्‍याएका जनताहरुलाई अत्याधिक सहयोगको लागी बैठकबाट सरकार समक्ष अपिल समेत गरेको छ ।
उक्त केन्द्रिय बैठकले भारतको बिहार राज्यका मुख्यमन्त्री एवम समाजवादी नेता नितिश कुमारले समाजवादी आन्दोलनलाई अगाडी बढाउदै आफनो बहुमत सिद्ध गर्नु भएकोमा पार्टीले बधाई समेत पारित गरेको कुरा केन्द्रिय महा सचिव नन्दन यादवले आ.सि.एन. लाई बताउनु भएको छ ।


SHARE THIS

Author:

Facebook Comment