काठमाडौं, असार ११ । नेपाल र चीनबीच आज आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर याङ चिएछी र मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीबीच सिंहदरबारमा भेटवार्ता भएपछि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार चीनले सशस्त्र प्रहरी प्रतिष्ठान निर्माणका लागि करिब तीन अर्ब ८२ करोड रुपैयाँ र संविधानसभा निर्वाचनका लागि १५ करोड ४१ लाख रुपैयाँ सहयोग गर्नेछ । चिनियाँ स्टेट काउन्सिलर याङ र मसन्त्रपरिषद्का अध्यक्ष रेग्मीको उपस्थितिमा अर्थ सचिव शान्तराज सुवेदी र चीनका वाणिज्य उपमन्त्री जियाङ चेङ्पीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यसअघि अध्यक्ष रेग्मीसँगको भेटमा चिनियाँ स्टेट काउन्सिलर याङले संविधानसभा निर्वाचनमा पूर्ण रुपले सहयोग गर्ने बताएका थिए । उनले निर्वाचनले राजनीतिक स्थायित्व ल्याउने र राजनीतिक दलहरु पनि जनताको चाहना पूरा गर्ने दिशातर्फ अघि बढ्ने विश्वास पनि व्यक्त गरे ।
उनले मध्य र सुदूरपश्चिम क्षेत्रमा गएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख पनि व्यक्त गरे । भेटमा रेग्मीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएका थिए ।