काठमाडौं, असार ११ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाको दोस्रो निर्वाचनको प्रक्रिया स्थगित गरेर वार्ताबाट समाधान खोजे आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन् । माओवादी पार्टी बुद्धनगरमा आज युवा संघ नेपालको ज्ञापनपत्र बुझ्दै वैद्यले आफ्नो पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय नगरेको बताए ।
तर, निर्वाचनमा भाग लिनका लागि अहिले अघि बढाइएको निर्वाचन प्रक्रिया भने स्थगित गर्नुपर्नेमा उनले जोड दिएको युवा संघका सचिव राजिव पहारीले हामीलाई जानकारी दिए ।
युवा संघले संविधानसभा निर्वाचनमा ५० प्रतिशत युवालाई सभासद बनाउनु पर्ने, १६ वर्ष पूरा भएकालाई मताधिकार दिनुपर्ने, विदेशमा रहेका ३० लाख मतदातालाई मतदानको अधिकार दिनुपर्ने र सहमतिमा नटुंगिएका विवादित विषयलाई जनमत संग्रहबाट टुंगो लगाउनुपर्ने माग राख्दै विभिन्न दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउँदै आएको छ ।