एमाओवादीका मधेशी पूर्व सभासद मधेशमै कुटिए

बारा- एकीकृत माओवादीका एकजना मधेशी सभासद मधेशमै भकुरिएका छन् । एकीकृत माओवादीका पूर्व सभासद शिवचन्द्र कुशवाहालाई स्थानीयले कुटपिट गरेका छन्। बरियापुर-२ स्थित
रहेको भुटनदेबी प्राथमिक विद्यालयको विषयलाई लिएर कुशवाहालाई स्थानीयले कुटपिट गरेका हुन्। केहीदिन अघि जिल्ला शिक्षा कार्यलयबाट भुटनदेबी प्राथमिक विद्यालय खारेज गर्नुपर्छ भनेर शिक्षा अधिकारीसँग पत्र
लेखाएको विरोधमा स्थानीयले कुशवहाको घर घेरेका थिए।
स्थानीयले दिनभरी घर घेरेपनि प्रहरी सुरक्षामा रहेका कुशवाहालाई बरियारपुर बजार लैजाँदा झडप भएको थियो। स्थानीयले कुशवाहामाथि जाइलागेपछि प्रहरीलाई छुटाउन हम्मे भएको थियो ।'प्रहरी घेरामा लैजाँदा सामान्य हातपात भयो,' बाराका प्रहरी उपरीक्षक ठाकुर ज्ञवालीले भने, 'हातपातमा उहाँलाई सामान्य चोटपटक
लागेको हो।' कुशवाहाका सहयोगी धिकम महतोलाई भने गम्भिर चोट लागेको छ। कुशवाहालाई बचाउन खोज्दा उनको टाउमा गम्भिर चोट लागेको छ । स्थानीयले कुशवाहाको श्रीमतीको नाममा गिरजापति प्राथमिक विद्यालय बन्द गरेमात्र भुटनदेबी पनि बन्द हुने बताउँदै आएका छन्।

SHARE THIS

Author:

Facebook Comment