प्रशासनको संरक्षणमा खुलेआम अबैद्य रूपले ५८ वटा सवारी साधन बलजफ्ती रोकिए


पोखरा, ९ जेठ ।
प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइरालाको संरक्षणमा सिण्डिकेट सञ्चालन गरिरहेका पोखरा बस ब्यवसायी संघले अर्कै संघ खोलेर सञ्चालन गरिएका ५८ वटा सवारी साधन सञ्चालनमा बलजफ्ती अवरोध गरेका छन् ।
आफूहरुको सवारी साधन सञ्चालन गर्न रुट नदिए पछि स्थानीय ब्यवसायीहरु मिलेर विन्दवासीनी बस यातायाता ब्यवसायी समिति गठन गरी ५८ वटा यूरो ३ मापदण्डका बातानुकुलित सवारी साधन सञ्चालनमा ल्याएका थिए ।
लामो समयदेखि लगानी गरेर
सवारी साधन ल्याए पनि पोखरा बस ब्यवसायी समितिका गुण्डाहरुले सञ्चालन गर्न नदिए पनि आज उनीहरुले पोखरा भित्र सवारी साधन सञ्चालन गरेका थिए । तर प्रमुख जिल्ला अधिकारी कोइरालाले शान्ति सुरक्षा दिनुको साटो उल्टै सिण्डिकेट गर्नेहरुलाई संरक्षण गरेपछि आफूहरुको बस रोकिएको स्थानीय यूवराज खतिवडाले आरोप लगाए ।
सो विषयलाई लिएर अहिले पोखरको सडक तनावग्रस्त बनेको छ । पीडितहरुले पटक पटक प्रशासनलाई शान्ति सुरक्षाको लागि गुहारेपनि प्रशासनले उल्टै लखेट्ने काम गरिरहेको खतिवडाको गुनासो छ ।
सर्वोच्च अदालतको आदेशमा सरकारले सबै प्रकारको सिण्डिकेट मुलुक भरीबाट राखेर गर्ने निर्णय भए पनि सरकारकै निकाय जिल्ला प्रशासन कार्यालयका प्रमुखको संरक्षणका अबैद्य सिण्डिकेट कायम राख्न खोज्नु दुखद भएको उनले बताए ।



SHARE THIS

Author:

Facebook Comment