क्राइमचेक प्रतिनिधि/
वीरगंज/कानुनद्वारा प्रतिबन्धित
ठहर गरिएका ३९ थान अवैध हथियारलाई पर्सा प्रहरीले चालु आर्थिक वर्षमा आफ्नो
नियन्त्रणमा लिएको समाचार प्राप्त हुन आएको छ ।
चालु
आर्थिक वर्षको श्रावण महिनादेखि विभिन्न समयमा १० वटा अवैध बन्दूकहरू र
गृहमन्त्रालयको निर्देशनमा जारि गरिएको ३५ दिने अवैध हथियार बुझाउने सम्बन्धी
सूचनाको म्यादभित्र २९ वटा गरी जम्मा ३९ थान अवैध हथियार बरामद गरिएको पर्साका
प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले बताउनुभयो ।
३५
दिने अभियान अन्तर्गत पर्साका विभिन्न गाविसबाट संकलन गरिएका हथियारहरूमा एयरगन –१
थान र त्यसमा लाग्ने गोली १७० राउण्ड, १२ बोर ६ थान, सिक्सर १ थान,
कटुवा
बन्दुक १० थान र एकनाले बन्दुक ११ थान गरी जम्मा २९ थान बन्दुक बरामद गरिएको थियो
भने यस अघि विभिन्न समयमा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली ११९ राउण्ड, १२
बोरको बन्दुक १ राउण्ड र त्यसमा लाग्ने गोली १ थान,
त्यस्तै रिभल्बर २ थान र त्यसमा लाग्ने गोली ५ राउड, ३०३ मोडेल राइफलको गोली २ राउण्ड र सकेट बम दुई थान तथा कटुवा बन्दुक ६ नाल गरी १० थान अवैध हथियार बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
त्यस्तै रिभल्बर २ थान र त्यसमा लाग्ने गोली ५ राउड, ३०३ मोडेल राइफलको गोली २ राउण्ड र सकेट बम दुई थान तथा कटुवा बन्दुक ६ नाल गरी १० थान अवैध हथियार बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
जिल्लालाई अवैध कारोबारमुक्त, अपराध
मुक्त, लागुऔषधमुक्त बनाई जिल्लावासीलाई भयरहित वातावरण आफ्नो दैनिक जीवनका
काम गर्न सहयोग मिल्ने उद्देश्यका साथ पर्सा प्रहरी दत्तचित्त भएर लागिपरेको समयमा
विभिन्न किसिमका अपराधीक कृयाकलापमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई कारवाही
गर्न आफू कसैसँग पनि सम्झौता नगर्ने प्रहरी उपरीक्षक अधिकारीले दाबी गरे ।
उनले
जिल्लालाई अपराध र भयमुक्त बनाउने अभियानमा सबभन्दा पहिला प्रहरीहरू स्वयं
ईमान्दार हुनुपर्ने धारणा अनुरुप आफ्ना मातहतका प्रहरीहरूलाई जनतालाई शान्ति
सुरक्षाको प्रत्याभूति दिलाउन कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएपछि उनी
मातहतका प्रहरीहरूमा जनताको जीउधनको रक्षा र शान्ति सुरक्षा कायम गर्न दृढताका साथ
लागिपरेको जिल्लाबासीहरू बताउँछन् ।
सर्वसाधारणले
आफूलाई शान्ति सुरक्षाको सवालमा कुनै पनि समस्या भएको खण्डमा प्रहरी उपरीक्षक
पिताम्बर अधिकारीले मैत्रीपूर्ण व्यवहारबाट सबैको समस्या सुनेर समाधानमा पहल गर्न
लाग्ने गरेको जिल्लावासीहरूको भनाई रहेको छ ।
प्रकाशित मितिः २०६९/१२/२२