मतदाता नामावली संकलनमा प्रहरीद्वारा उच्च सुरक्षा सतर्कता, कर्मचारी (सचिव)लाई मतलब छैन


क्राइमचेक प्रतिनिधि÷

वीरगंज÷निर्वाचन आयोगले आगामी निर्वाचनलाई ध्यानमा राख्दै फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रमकालागि खटाइएका टोलीलाई पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उच्च सतकर्कताका साथ सुरक्षा व्यवस्था मिलाएको भएपनि दर्तास्थलका सहायक नाम दर्ता अधिकारीहरूलाई कुनै चासो नै नरहेको देखियो ।
                पर्साका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारी र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका प्रमुख अर्थात सशस्त्र प्रहरी उपरीक्षक नगेन्द्र थापाले आफ्ना मातहतका प्रहरी अधिकारीहरुलाई मतदाता नामावली संकलनकालागि जिल्ला निर्वाचन कार्यालय पर्साबाट खटिएका प्रमुख दर्ता कर्मचारी लगायत कर्मचारीले मतदाता नामावली संकलनकालागि लिएर गएका ल्याप्टपक्यामेरा लगायतका उपकरणलाई सुरक्षित राखी कार्य सम्पन्न गर्न सहयोग पु¥याउन मातहतका निकायलाई निर्देशन दिएका थिए ।
                जिल्ला निर्वाचन कार्यालय पर्साबाट १६ जना दर्ता कर्मचारी जिल्लाका विभिन्न गाउँ विकास समितिमा फोटोसहितको मतदाताको नाम संकलन गर्न खटाइएको थियो । २०६७ साल देखि शुरु गरिएको फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम जिल्लाभरि तीन पटक सम्पन्न भइसकेको तरपनि केही मतदाताले आफ्नो  नाम समावेश गराउन नसकेकाले पुन टोली खटाइएको थियो ।
                पर्सामा १० गतेदेखि शुरु गरिएको नामावली संकलन एवं अद्यावधिक कार्यक्रम चैत्र १२ गतेसम्म उप महानगरपालिकाका १६ वटामा सम्पन्न गरी दोश्रो पटक बाँकी  रहेक ३ वटा वडा र १२ वटा गाविसमा मंगलवार सम्पन्न गर्ने लक्ष्य लिइएको भएपनि आयोग केन्द्रले गृहमन्त्रालयसँगको सहयोगमा आगामी वैशाखदेखि हरेक गाविस र नगरपालिकाका वडाहरुमा नागरिकता टोली पनि पठाउने निर्णय भएको हुँदा त्यतिखेर नै मतदाता नामावली संकलन टोली खटाइने भन्दै हालको लागि नेपाल अधिराज्यभर सो कार्यक्रम स्थगित गर्ने निर्णय गरेपछि मंगलबारबाट स्थगति गरिएको हो ।
                यसअघि नेपालका विभिन्न जिल्लामा सञ्चालनमा रहेको फोटो सहितको मतदाता नामवली संकलन गर्ने कार्यक्रमलाई विभिन्न राजनितिक पार्टीहरुले अवरोध गरी कम्प्युटर लगायतका उपकरण लुट्ने गरेका समाचारहरु प्रकाशमा आएपछि पर्सामा सुरक्षा समितिको बैठक बसी त्यस्तो कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन जिल्ला स्थित सुरक्षा निकायहरु दत्तचित्त भएर मतदाता नामावली संकलन कार्यक्रमलाई सघाइरहेको पाइएको थियो ।
फोटोसहितको मतदाता नामावली संकलन केन्द्रमा एक दर्जन जति सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो ।
सचिवहरुको असहयोग
फोटो सहितको मतदाता  नामावली संकलनकालागि जिल्लास्थित एउटा  उप महानगरपालिकाका १९ र ८२ वटा गाविसका सचिवहरुलाई जिल्ला निर्वाचन कार्यालयले सहायक दर्ता कर्मचारीको रुपमा दर्ता अवधिभर सहयोग गर्न अतिरिक्त भत्ता दिने निर्णय सहित अनुरोध गरेपनि कतिपय सचिवहरुले सो कार्यक्रममा सघाउने भनि त्यसबापत भत्ता लिएर पनि दर्ताकालागि  गएका कर्मचारीलाई कुनै  किसिमको सहयोग नगरी कर्यावधी अर्थात कार्यालय समयमा वडा समिति कार्यालय र गाउँ  विकास समितको कार्यालयमा नबस्ने गरेको दर्तास्थलमा खटिएका दर्ता कर्मचारीहरु बताउँछन् ।
                यसैक्रममा गत १० गतेदेखि १२ गते सम्पन्न भएको कार्यक्रममा वीरगंज उपमहानगरपालिका वडा नं. १ का वडा सचिव जैवाद राउत पनि दुई घण्टा मात्र कार्यालायमा बसेर नै बाहिर गएका थिए । विकासका लागि आएका बजेटमा ५० प्रतिशत पनि बजेट खर्च नगरी भ्रष्टाचार गर्न पल्केका सचिवहरुलाई जनताको कामसँग कुनै सरोकार नै नभएको प्रष्ट हुन आउँछ । सरकारी काम कहिले जाला घाम भन्ने सूत्रमा हिंडिरहेका यस्ता सचिवहरुले आफूले पाएको पदीय जिम्मेवारी कसरी निर्वाह गरिरहेका छन् भन्ने विषयमा सम्बन्धीत निकायले समयसमयमा अनुगमन र कारवाही नगरेकै कारण सचिवहरुले आफ्नो कार्यस्थललाई ससुराली झै प्रयोग गरी मन लागे जाने मन लागे नजाने झैं गरिरहेका छन् । यसतर्फ पर्साका प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित निकायले समयमै ध्यान नदिने हो भने निर्वाचन आयोग र गृह प्रशासनले आगामी वैशाखमा सञ्चालन गर्ने नागरिकता वितरण कार्यक्रम र फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रमले लक्ष्यअनुरुपको सफलता प्राप्त गर्न सक्दैन ।
प्रकाशित मितिः २०६९-१२-२२

SHARE THIS

Author:

Facebook Comment