सुनसरी, चैत्र २३ । सुनसरीको नरसिंह गाविसका महिलाहरुले आक्रमण गरेर प्रहरीले पक्राउ गरेको अपराधीलाई भगाएका छन् । अपहरण सम्बन्धी मुद्दामा अदालतले सजायँ तोकिसकेका रामेश्वर मरबैतालाई हतकडीसहित भगाएका हुन् । अपराधी पक्राउ गर्न गएको प्रहरी टोली र नरसिंहका महिलाबीच झडप भएको थियो । त्यही क्रममा पक्राउ परेका अपराधी भाग्न सफल भएका हुन् । झडपमा परी तीनजना प्रहरी घाइते भएका छन् । अदालतले अपराधी तोकेका नरसिंह ६ का मरबैतालाइ पक्राउ गर्न आज बिहान सादा पोसाकका प्रहरी उनको घरमा पुगेका थिए ।
मरबैतालाइ हतकडी लगाएर ल्याउन खोजेपछि स्थानिय महिलाहरुले प्रहरीमाथि आक्रमण गरेका थिए । ठूलो संख्यामा स्थानीय महिलाहरुले आक्रमण गरेपछि ६ जनाको संख्यामा रहेका प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालयमा खवर गरेका थिए । सदरमुकाम इनरुवावाट चार किलोमिटरको दुरीमा रहेको नरसिंह क्षेत्रमा ब्यापक संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरीले हतकडीसहित फरार मरबैतालाइ घर घरमा खोजिरहे पनि अहिलेसम्म फेला पर्न सकेको छैन ।