ठाउँ–ठाउँमा भीषण आगलागी, करोडौंको क्षत्ती

वीरगंज, चैत ३० – पर्साको लंगडी गाविसमा शुक्रबार दिउसो लागेको आगलागीमा १६ ओटा घर जलेर नष्ट भएका छन् ।
लंगडी ६ बखरी टोलका इद्रिश देवानको घरमा खाना पकाउने क्रममा आगो लाग्दा इद्रिश सहित, टेपा देवान, कामील देवान, अम्बिका साह, चन्द्रिका साह लगायत १६ जनाको फुसको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लंगडीले जनाएको छ ।
आगलागीबाट झण्डै ५० लाख रुपैयाँ बराबरको नोक्सान भएको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायव निरिक्षक प्रदीप पौडेलले बताउनु भयो । यस्तै दाङको चुरे क्षेत्रको वन क्षेत्रमा लागेको डढेलो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
पञ्चकुले, बाघमारे, लक्ष्मीपुर, सतबरिया लगायत गाविसको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो ।
उता सिन्धुलीबाट शंकर सौगातले पठाउनुभएको खबर अनुसार सिन्धुली जिल्लाको मरिणखोला क्षेत्र स्थित कल्पवृक्ष गाविसको वडा नं.४ मरुवा टोल गाउ“मा आज भएको भिषण आगलागीमा १६ घर जलेर नष्ट भएकोछ । 
जंगलमा लागेको डढेलो मानव बस्तीमा
आएपछि आगलागी भएको स्थानीइ बासिन्दाहरुले जनाएका छन् । आगलागी नियन्त्रणकालागि स्थानीय बासिन्दाहरु र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट गएको प्रहरीको टोलीले प्रयास गरिरहेको छ । आगलागीले भिषण रुप लिएका कारण आगलागी पूण नियन्त्रणमा आउन सकेको छैन । 
आगलागीबाट के कतिको क्षति भयो भन्ने पूर्ण विवरण आउन बाकी रहेको जिल्ला प्रहरी प्रमुख सानुराम भट्टराइृले बताएका छन् । 
गुल्मीः यस्तै गुल्मीको रेसुङ्गा जंगलमा लागेको आगो ४८ घण्टापछि नियन्त्रणमा आएको छ । दुविचौर गाविस नजिकैको भीरवाट सल्केको आगो स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना लगायतको प्रयासमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मी उद्योग वाणिज्य संघको पहलमा बजारबासी सदरमुकाम तम्घास वजार वन्दगरि आगो निभाउन पुगेका थिए ।  
आगलागीवाट झण्डै ८ सय हेक्टर क्षेत्रफल जंगल नष्ट भएको जिल्ला वन कार्यालय गुल्मीले जनाएको छ ।
कास्कीः कास्कीको लामाचौरमा लागेको आगोले झण्डै ४० हेक्टर जङ्गल नष्ट भएको छ । जंगलमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको थियो ।

SHARE THIS

Author:

Facebook Comment