क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷ डिभिजन सहकारी
कार्यालय पर्साले स्वाधिन अर्थतन्त्रका लागि सहकारी भन्ने नाराका साथ ५६ औँ
राष्ट्रिय सहकारी मनाएको छ ।
राष्ट्रिय
सहकारी दिवस–२०६९ दिवसको अवसरमा सो कार्यालयले मंगलवार
वीरगंजमा ¥याली निकालेको हो ।
घण्टाघर
चौकबाट निकालिएको ¥याली नगरपरिक्रमा गरि बालमन्दिर प्रा·णमा
पुगेर समापन भएको थियो ।
¥याली
पश्चात् बाल मन्दिर परिसरमा आयोजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी
बेनी माधव ज्ञवालीले सहकारीको उद्देश्य जनताको भलोका लागि काम गर्नु रहेको बताउदै
केहि सहकारी संस्थाले आप्mनै चिनेजानेका व्यक्तिहरुलाई मात्र
व्याजमा ठुलो रकम दिने गरेको र गरिब जनतालाई विभिन्न बहानामा दुःख दिने गरेको
सुनिएकोले त्यस्ता सहकारी माथि कारवाही गरिने बताउनुभयो ।
स्थानीय
विकास अधिकारी गजेन्द्र ठाकुर लगायत विभिन्न सहकारी संस्थाका प्रमुख एवं
प्रतिनिधिहरुको उपस्थितिमा आयोजित कार्यक्रममा कान्तिपुर बचत तथा ऋण सहकारी संस्था
वीरगंज, गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था वीरगंज, सेतो गुरास कृषि बचत तथा ऋण सहकारी
संस्था बागवाना र सहयात्रि बचत तथा ऋण सहकारी संस्थालाई प्रसंशा पत्रले सम्मान
गरिएको थियो ।
प्रकाशित मितिः २०६९/१२/२२