काठमाडौ÷एकीकृत नेकपा
माओवादी र अहिलेको नेकपा(माओवादीको नेताहरुको सुरक्षाको लागि भन्दै शिविर बाहिर
राखिएको हतियार फिर्ता गर्न सेना समायोजन विशेष समितिले बैशाख मसान्तसम्मको अन्तिम
समयसीमा दिएको छ ।
प्रकाशित मिति: २०६९ चैत्र २२ गते
आज
बसेको सेनामा समायोजन विशेष समितिको बैठकले बैशाख मसान्तसम्म ती हतियार नबुझाए
गैरकानूनी रुपमा हतियार राखेको कानून अनुसार कारवाही गर्न सरकारलाई सिफारिस गरेको
समिति सदस्य भीम रावलले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा जानकारी दिए ।
अहिलेसम्म नेताको
सुरक्षाको लागि भन्दै ३२ नाल हतियार बाहिर राखिएको छ । त्यसैगरी बैठकले पूर्व
माओवादी लडाकुहरुको अभिलेख सरकारलाई बुझाउने र सेना समायोजनको प्रक्रियालाई अघि
बढाउन नेपाली सेनाको महानिर्देशनलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
बैठकमा
तालिम गर्न नसक्ने लडाकुहरुलाई कसरी निकास दिने भन्ने विषयमा आज छलफल भए पनि पर्सी
बस्ने बैठकले त्यसमा ठोस निर्णय गर्ने रावलले जानकारी दिए । अहिले १४ सय ४२
लडाकुले तालिम लिईरहेकोमा केहीले तालिम गर्न नसकि छाड्ने चाहना ब्यक्तगरेको उनले
बताए ।
प्रकाशित मिति: २०६९ चैत्र २२ गते