काठमाडौं, चैत्र २० । वर्तमान सरकार हटाएर गोलमेच सम्मेलनमार्फत नयाँ सरकार गठन गर्नुपर्ने माग राखेर नेकपा माओवादीसहितका ३३ दलले आज सिंहदरवार घेराउ गरेका छने । उनीहरुले चुनावी सरकार गठनको बेला चार दलबीच भएको सहमती खारेज गर्न समेत माग गरेका छन् । सरकारले वार्तामा आउन आह्वान गरिरहेको बेला ३३ दलले सिहदरवार घेराउ गरेका हुन् । बिहान ९ बजेदेखि ११ बजेसम्म गरिएको सिंहदरवार घेराउका कारण राजधानीमा सवार आवागमन अस्तब्यस्त बनेको थियो । आन्दोलनरत दलहरुले राष्ट्रपतिसँग मात्र वार्ता गर्ने अडान राख्दै आएका छन् ।