काठमाडौं,चैत्र १५ । नेपाली सेनाले नया सैनिक नियमावली अनुसार लागू भएको फाष्ट ट्रयाक बढुवा पारदर्शी तथा तथा वैज्ञानिक भएको बताएको छ । सेनाको जनसम्पर्क निर्देशनालयले आज पत्रकार सम्मेलन गरी फाष्ट ट्रयाक बढुवाले क्षमतावान र अतियोग्य अधिकृतलाई प्रोत्साहित मिलेको दावी गरेको छ । फास्ट ट्रयाक बढुवाले आफूहरु मर्कामा परेको भन्दै आठ सैनिक अधिकृतहरुले सर्वोच्च अदालतमा मुद्धा हालेपछि सैनिक मुख्यालयले आफ्नो धारणा सार्वजनिक गरेको हो । सेनाले योग्यता र दक्षतालाई प्राथमिकता दिने भन्दै गत माघ १० मा पहिलोपटक राजपत्रमा सूचना प्रकाशित गरी नया सैनिक नियमावली लागू गरेको थियो । सेनानीबाट प्रमुख सेनानी र प्रमुख सेनानीबाट महासेनानी हुनका लागि मात्रै फास्ट ट्रयाक बढुवा प्रणाली अपनाइएको सेनाले जनाएको छ ।