निर्वाचन सम्बन्धि ऐनहरु संशोधनको तयारी


काठमाडौं,चैत्र १५ । संविधान सभाको निर्वाचनको मिति घोषणाबारे निर्वाचन आयोगले आज मुख्य राजनीतिक दलहरुसंग छलफल गरेको छ । आगामी असारमा निर्वाचन गर्ने भनिए पनि अझैसम्म तिथि तोकिएको छैन भने निर्वाचनका लागि आवश्यक ऐन कानुनहरुमा संशोधन पनि गरिएको छैन । सोही विषयमा निर्वाचन आयोगका पदाधिकारीहरुले आज कांग्रेस, एमाले, एकीकृत माओवादी र मधेशी मोर्चाका नेताहरुसंग छलफल गरेका हुन् । बाधा अडकाऊ फुकाउ आदेशको आधारमा निर्वाचन सम्बन्धि थप कानुन तर्जुमा गर्ने उद्धेश्यले दलहरुसंग छलफल गरिएको जनाइएको छ । 

छलफल आज नटुंगिएकाले भोलि फेरि बस्ने बताइएको छ । सरकार र निर्वाचन आयोगले मिति सार्न नपर्ने गरी निर्वाचनको मिति तय गर्ने तयारी गरेको बताउँदै आएका छन् । नेकपा माओवादी लगायतका साना दलहरुलाई समेत सहमतिमा ल्याएर चुनावी वातावरण बनाउने बारेमा मुख्य दलहरुलाई दबाब परेको छ ।

SHARE THIS

Author:

Facebook Comment