पूर्व युवराज अस्पतालबाट फर्किए, देशबासीमा खुशीको लहर

File photo

काठमाडौं,चैत्र १५ । बैंकक्मा हृदयघात भई उपचार गराईरहनु भएका पूर्व युवराज पारस शाहलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको छ । गत फागनु ८ गते गम्भीर खालको हृदयघात भएपछि उनलार्इ उपचारका लागि बैंकक्स्थित सामितिभेज अस्पतालमा भर्ना गरिएको थियो । उहाँको १२ दिनपछि मात्रै होश खुलेको थियो । अस्पतालबाट डिस्चार्ज गरिएपनि पूर्व युवराज पारस अझै केहीदिन चिकित्सकको निगरानीमै रहने अस्पतालले जनाएको छ । पारसलाई हृदयघात भएपछि पूर्व राजदम्पति र पारस पत्नी हिमानी बैंकक् गएका थिए ।

पूर्व युवराज पारस विरामीको खबरले पूरै देशवासी चिन्तित बनेका थिए भने उनको स्वास्थयलाभको कामनासहित नेपालका विभिन्न स्थानमा विभिन्न किसिमका पूजा पाठ गर्ने होडबाजी नै चलेको थिए । अन्तत: नेपालीहरूको शुभकामना र चिकित्सकहरूको अथक प्रयासपछि पूर्व युवराज पारस अस्पतालबाट डिस्चार्ज भएको खबरले देशबासीमा खुशीको लहर छाएको छ ।

SHARE THIS

Author:

Facebook Comment