स्याङजामा प्रथम राष्ट्रिय कफी महोत्सव हुने


युवा शक्तिलाई कफी खेतीमा लगाऔं, स्थानीयस्तरमै स्वरोजगार सृजना गरीं देशलाई सम्बृद्ध र आत्मनिर्भर बनाऔ’ भन्ने मुल नाराका नेपालमा प्रथम पटक प्रथम राष्ट्रिय कफी महोत्सव हुने भएको छ । नेपाल कफी व्यवसायी महासंघको आयोजना तथा जिल्ला कफी व्यवसायी संघ स्याङजाको आतिथ्यतामा सम्पन्न बैठकले आगामी बैशाख १७ गते स्याङजामा महोत्सव सम्पन्न गर्ने निर्णय गरेको हो ।

नेपाल कफी व्यवसायी महासंघका महा–सचिव भवानीप्रसाद शर्माको प्रमुख आतिथ्यमा जिल्ला कफी व्यवसायी संघ स्याङजामा सम्पन्न बैठकले महोत्सव सम्पन्न गर्नको लागि जिल्ला कफी व्यवसायी संघ स्याङजाका अध्यक्ष फणिनारायण अर्यालको संयोजकत्वमा मूल व्यवस्थापन समिति समेत गठन गरेको छ ।



बैठकले लेखनाथ शर्मा संयोजक रहेको प्रचारप्रसार उपसमिति, अनन्तराज मरासिनी संयोजक रहेको आर्थीक उपसमिति, हिरन्यलाल शर्मा संयोजक रहेको स्वंयसेवक उपसमिति, खेमनारायण शर्मा संयोजक रहेको अतिथीसत्कार, आवास तथा खाना उपसमिति, बोधराज अर्याल संयोजक रहेको हल व्यवस्थापन तथा टेण्ट उपसमिति गठन गरेको छ । त्यसैगरी उक्त बैठकले  ऋषीकुमारी शर्मा संयोजक रहेको प्रदर्शनी उपसमिति, अम्वीका पमौडेल संयोजक रहेको फुलमाला एवं स्वागत उपसमिति र खगेश्वर पाण्डे संयोजक रहेको ¥याली, स्वागत गेट तथा व्यानर उपसमितिको समेत गठन गरेको छ ।

हावापानी र भौगोलीक हिसावले नेपालमा कफी खेतीको प्रसस्त सम्भावनाको साथै राष्ट्रिय र अन्र्तराष्ट्रिय क्षेत्रमा नेपाली कफीको माग बढ्दै गएको तर नेपाली युवाहरु दिनानुदिन बिदेशीने गरेको अवस्थालाई मध्यजनर गर्दै महोत्सवको आयोजना गरेको नेपाल कफी व्यवसायी महासंघका केन्द्रीय सदस्य अनन्तराज मरासेनीले वताउनुभयो ।

महोत्सव प्रचार प्रसार समितिका संयोजक लेखनाथ शर्माका अनुसार महोत्सवमा देशभरका कफी सम्वन्धी संघ संस्था प्रमुख तथा प्रतिनिधि, कफी व्यवसायी, कफी प्राविधिकहरु, उद्योग तथा कम्पनी, सरोकारवाला संघसंस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी समेत र सम्बन्धीत सरोकारवाला निकायको सहभागिता रहने छ ।

उक्त महोत्सवमा कफी खेती प्रविधि, तथा कफी प्रशोधन सामाग्रीको प्रचार प्रसारको साथै देशभरका उद्योग, कम्पनी तथा सहकारीद्वारा उत्पादीत कफीको प्रदर्शनी समेत गरिने संयोजक शर्माले बताउनुभयो । नेपालमै पहिलो पटक स्याङजा जिल्लामा शुरु गरिएको कफीको मास पल्पीङको दृष्यको साथै स्याङजा जिल्लामा कफी खेतीको अवस्था र वारेमा जानकारी दिईने आयोजकले जनाएको छ ।



SHARE THIS

Author:

Facebook Comment