क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷ बैंककस्थित समितिभेज अस्पतालको श्ययामा मृत्युसँग लडेर त्यसमाथि विजय प्राप्त गरी पूर्व युवराज पारस शाह स्वस्थ हुनुभएको छ ।
११ दिनसम्म अति संवेदनशील स्वास्थ्य अवस्थामा त्यहाँका चिकित्सकहरूको उच्चस्तरीप्रयास र नेपालीहरूको कामनाले पूर्व युवराज पारस अन्ततः फेरी पनि स्वस्थ्य भई नेपाल आउने चाहना व्यक्त गरेका छन् ।
पूर्व युवराज शाहले बुधवार विहान फेसबुकमार्फत सो ईच्छा प्रकट गरेका हुन् । उनले आफ्नो फेसबुक पेजमा “म फेरी बाँचे ! यहाँहरु सबैलाई धन्यवाद, सबैको स्नेह र प्रार्थनाले ११ दिन पछि मैले पुनर्जीवन पाएको छु । मेरो मस्तिष्क, तन, मन र आत्मा यहाँहरू प्रति समर्पित छ । मेरो जीवन सबैमा
जसले मलाई माया दर्शाउनु भो, प्राथना गरिदिनु भो अनि मेरो विषयमा सोचिदिनु भयो । यहाँहरु सबैको स्नेह बिना यो कदापि सम्भव थिएन । म आभारी छु यहाँहरु सबै प्रति जसले म निदाएको समयमा मेरो बारेमा चिन्ता लिई दिनुभयो, जसले मलाई उर्जा र शक्ति प्रदान ग¥यो, फल स्वरूप म आज यहाँहरूको अगाडी छु, जुन शाश्वत सत्य हो । मलाई थाहा छ मैले इश्वर संग संघर्ष गर्नु पर्ने थिएन, यहाँहरुलाई विदित नै छ, यो संघर्ष अन्त्य सम्म यहाँहरु सबैको लागि हो । अन्ततः मैले पुनर्जीवन पाएको छु । म छिट्टै देश फर्कन चाहन्छु, सम्पूर्ण नेपालीहरूसँग बाचा गर्छु, म अवश्य फर्कने छु ।” भनेर उल्लेख गरेका छन् ।
उनलाई गत फागुन ८ राती ह्दयघात भएर समितभेज अस्पतालमा भर्ना गरिएको थियो । पूर्वयुवराज शाह सिकिस्त विरामी भएको खबर पछि देशवासी जनताहरू चिन्तित भएका थिए । पूर्व युवराज अस्वस्थताको खबर पाएलगत्तै देशका विभिन्न भागका नेपालीहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ठाउँ–ठाउँमा रहेका देवस्थलहरूमा पूजापाठ एवं भाकल गर्ने गरेका थिए । त्यस्तै फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत पनि उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिएका स्टाटस एवं लेखले भरिएका देखिन्थे ।
अन्ततः सम्पूर्ण नेपालीहरू शुभकामना र चिकित्सकहरू अथक प्रयासपछि पूर्व युवराज पारस शाह स्वस्थ हुनुभएको खबरले देशवासी हर्षित हुँदै भगवानलाई धन्यवाद दिइरहेका छन् भने पूर्व युवराज पारस शाहलाई पुनः नेपालमै हेर्ने चाहना व्यक्त गरिरहेका छन् ।
क्राइम चेक साप्ताहिकमा २०६९ चैत्र ०८ गते प्रकाशित