उदघाटन भएको नेपाल पत्रकार महाँसघको साधारण सभामा अधिकांश बत्ताहरुको एउटै जोड थियो पत्रकारहरु राजनितीवाट माथि उठ्न पर्ने । सहभागी पत्रकारहरुले महाँसँघलाई राजनितीक आग्रह वा पूर्वाग्रहवाट टाढै राख्न र पत्रकारहरुले पनि राजनितीबाट माथी उठेर पत्रकारिता गर्न आवाज उठाएका थिए ।
आज बोल्ने अधिकांश पत्रकारहरुले महाँसघको ६ करोडमा बन्न लागेको आधुनिक सुविधा सम्पन्न भवनका विषयमा कौतुहलतासाथ नेतृत्वसँग सावाल गरेका थिए । पत्रकारहरुको न्युनतम पारिश्रमिकको व्यवस्थालाई कडाईका साथ लागु गर्न गराउन समेत उनीहरुले ध्यान आर्कषण गराए । पत्रकारहरुको क्षमता विकाश, उनीहरुको भौतिक सुरक्षा जस्ता कुराहरुमा बर्तमान कार्यसमितीको चर्को आलोचना पनि गरेका थिए । अरुको चोली उध्रेको देख्ने पत्रकारहरुले आफ्नो धोती खुस्केको किन नदेखेको भन्दै श्रमजीवी पत्रकारहरुको दुःख र समस्याहरुलाइ जोडदार रुपमा उठाएका थिए ।
हिजोबाट पोखरामा शुरु भएको पत्रकार महासँघको साधरण सभामा ८ सय सभासदहरु सहभागी छन भने नेपाल बाहिरका आठ वटा देशका शाखाहरुको पनि सहभागिता रहेको जनाईएको छ । राष्ट्रपतिलाई निम्ता गरिएको भनि समाचार आएको भए पनि महासँघको साधरणसभालाई सर्वोच्च अदालतका प्रमुख न्यायधिस दामोदर प्रसाद शर्माद्धारा हिजो उदघाटन गरिएको थियो ।
नेपाल पत्रकारमहाँसको सो साधरण सभाका लागि नेपाल पत्रकारमहासँघ बैदेशिक शाखा कुवेतले २० हजार १ सय १ रुपैया सहयोग पठाएको थियो भने मरुभूमिको कोसेलीका सल्लाहकार भूवन सुवेदीले कार्यक्रममा भाग लिईरहनु भएको छ ।
पोखराबाट भूवन सुवेदीको रिर्पोट ।