कांग्रेसले बहुमत नल्याए फेरी पनि संबिधान नबन्ने



कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले अबको चुनावमा कांग्रेसको बहुमत नआए फेरि पनि बहुमत नआउने दाबी गरेका छन् । चाल्नाखेल गाउा कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै सिंहले खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्नु बाध्यात्मक अवस्था भएको बताए ।

'दलहरुको नेतृत्वमा चुनावी सरकार नहुानु दुःखद् कुरा हो', सिंहले भने,'अब सबै दलहरु चुनावी माहोल बनाउन लाग्नुपर्छ ।' उनले यसअघि कांग्रेसले बहुमत ल्याउन नसक्दा संबिधान बन्न नसकेको दाबी गरे ।

'कांग्रेसको संसद्मा बहुमत नहुँदा संबिधान बन्न नसकेको हो', सिंहले भने,'अब पनि बहुमत नल्याए संबिधान बन्दैन् ।' सिंहले कांग्रेसको अर्को हप्ता हुने केन्द्रीय समितिको बैठक र २६ गते हुने महासमितिको बैठकपछि चुनावी रणनीति तय गरिने जानकारी दिए ।

एमाओवादी अझैं पनि राष्ट्रियता कमजोर पारेरै भए पनि आफ्नो स्वार्थ पूर्तिका लागि लागेको उनको भनाई थियो ।



SHARE THIS

Author:

Facebook Comment