काठमाडौं, चैत १६ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अबको संविधान सभाबाट पनि संविधान र संघीयता नभए जनमत संग्रहमा जानुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारीले धनकुटामा गरेको कार्यक्रममा एमाले नेता नेपालले अब हुने चुनाव संविधान र संघीयता निर्माणका लागि अन्तिम भएको बताउनुभयो ।
संविधान सभाले बनाउन नसके जनमत संग्रह गरेर संविधान र संघीयता निर्माण गर्नुपर्नेमा नेपालले जोड दिनुभयो । अबको चुनावमा एमालेले राष्ट्रिय एकतालाई कायम राख्दै पहिचान र सामथ्र्य सहितको संघीयतालाई मुख्य मुद्दा बनाउने बताउनुभयो ।
समावेशीको मुद्दामा सवै जाति, बर्ग र समुदायलाई समेट्न आवश्यक रहेको र राज्य प्रणालीमा सुधार गर्नु पर्ने भएकाले संघीयताको पक्षमा एमाले कटिबद्ध रहेको नेपालको भनाई छ ।