तनहुँ, चैत्र १६ । लागूऔषध सेवन गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका एक युवकको अस्पतालबाट भाग्ने क्रममा भीरबाट खसेर मृत्यु भएपछि मृतकका आफन्तहरुले तनहुँमा पृथ्वी राजमार्ग अवरुद्ध पारेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन १० राउन्ड हवाइ फायर गरेको छ ।
प्रहरीले भाग्नेक्रममा युवकको मृत्यु भएको वताए पनि मृतकका आफन्त हत्या गरिएको भन्दै विरोधमा उत्रिएका हुन् । उनीहरुले एउटा सरकारी गाडीमा तोडफोड समेत गरेका छन् ।
प्रहरीले लागूऔषध दूव्र्यसनीको आरोपमा तनहुँको व्यास नगरपालिका वडा नं १, हाइस्कूलटारबाट पोखरी भञ्ज्याङ ४ का २२ वर्षीय सुजन तामाङलाई नियन्त्रणमा लिएको थियो ।
लागूऔषध प्रयोग गरे नगरेकोबारे परीक्षण गर्न बिहीबार राती नै दमौली अस्पताल लगिएकोमा उनी अस्पताल परिसरबाटै भाग्नेक्रममा भीरबाट खसेका थिए ।