काठमाडौं, चैत्र १६ । राप्रपा नेपालले तत्काल संविधानसभाको निर्वाचनको मिति तय गर्न सरकारसँग माग गरेको छ । राजधानीमा जुलुस निकालेर राप्रपाले चार दलीय सिन्डिकेटको अन्त्य हुनुपर्ने मागगर्दै तत्काल निर्वाचनको मिति तय गर्न माग गरेको हो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले जुलुसका सहभागीलाई सम्बोधन गर्दै खिलराज रेग्मी नेतृत्वको सरकारले चुनावको मिति नतोक्ने हो भने राजीनामा गर्न सुझाव दिएका छन् । थापाले रेग्मी नेतृत्वको सरकारलाई चार दलको कठपुतलीको संज्ञा समेत दिए ।
राप्रपाले हिन्दू राष्ट्र कायम गर्न पनि माग गरेको छ । कमल थापाको नेतृत्वमा जमलदेखि सुरु भएको जुलुस निषेधित क्षेत्र पारगर्दै राष्ट्रपति कार्यालयबाट अगाडि बढ्ने जनाईए पनि सुरक्षाकर्मीले पानी पोखरीमै रोकेपछि त्यहीँ एक घण्टा धर्ना दिंदै विरोध सभा गरिएको थियो ।
सुरक्षा ब्यवस्था कडा पारिएको उक्त कार्यक्रमका समयमा राष्ट्रपति कार्यालयमा पनि सुरक्षा चुस्त पारिएको थियो । धर्ना कार्यक्रमले दिउँसो लैनचौर, लाजिम्पाट, पानीपोखरी, महाराजगञ्जको ट्राफिक ब्यवस्था अस्तब्यस्त बन्यो ।
चैत १ गते चुनावी सरकारको घोषणा भए पनि अहिलेसम्म निर्वाचनको मिति भने तय हुन नसकेको अवस्थामा राप्रपाले चुनावी मुद्धालाई प्रमुखताका साथ उठाएको छ ।
राप्रपा नेपालले चुनावी प्रचार–प्रसार सुरु गरिसकेको जनाएको छ । पछिल्लो समयमा शीर्ष दलहरुले निर्वाचनपछि आफ्नो दल सबैभन्दा ठूलो बन्ने दावी गरिरहेका बेला राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने जनताका भावनाको कदर आफ्नो पार्टीले मात्र गर्न सक्ने जिकिर गरेका छन् ।