दोलखा, फाल्गुन ७ । लामो समयदेखि दोलखामा बढिरहेको चोरीका घटनाको मूख्य
नाइके नै प्रहरी रहेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखा
दरबन्दी भई दोलखाका प्रमुख जिल्ला अधिकारीको निवासमा तैनाथ प्रहरी जवान
खेमराज प्रजा नै चोरीका घटनामा संलग्न रहेको अनुसन्धानबाट खुलेको हो ।
खेमराजलाई उनका भतिजा पावल भन्ने सन्देश प्रजाले सघाउने गरेको पनि भेटिएको छ । उनीहरु दुवै जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
उनीहरुको साथबाट २३ हजार नगद, मोबाइल १५ थान, मोबाइल चार्जर २५ थान, घडी २० थान, मेमोरी कार्ड ९५ थान, स्टिलको प्लेट २५ थान, ग्यास चुल्हो, चप्पल जुत्ता, जाकेट लगायतका सामग्रीहरु बरामद गरिएको प्रहरी नायव निरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

Nepalese Rupee Exchange Rate