साना दल विरोधमा

काठमाडौं, फाल्गुन ७ । ६ वटा साना दलले चार दलको सहमतिमा मात्रै प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन लागिएको भन्दै आज राजधानीमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले निकासका लागि भइरहेका वार्ताहरुमा साना दललाई पनि समेट्न माग समेत गरेका छन् ।

चार दलले मात्रै गरेको निर्णय मान्य नहुने भन्दै सुन्धारामा आयोजना
गरिएको विरोध जुलुस नगरका विभिन्न भागहरुको परिक्रमापछि शान्ति बाटिककामा पुगेर कोण सभामा परिणत भएको थियो ।

जुलुसमा संघीय लोकतान्त्रिक मोर्चा , मधेशी जनाधिकार फोरमल, राष्ट्रिय मधेश समाजवादी पार्टी, ताम्सालिङ पार्टी, नेपाल शान्ति समाज दल लगायतका कार्यकर्ता सहभागी थिए ।

SHARE THIS

Author:

Facebook Comment