एजेन्सी, फाल्गुन ७ । बेलायती समाचार संस्था बीबीसीमा कार्यरत केही
पत्रकारहरु अनिवार्य अवकाशको विरोधमा २४ घण्टे हड्तालमा उत्रिएका छन् ।
हड्तालका कारण बीबीसी टेलिभिजन र रेडियो प्रसारमा असर परेको बताइएको छ ।
नेशनल यूनियन अफ जर्नालिष्टले व्यवस्थापनसँग सहमति हुन नसकेपछि हड्तालमा उत्रनु परेको जनाइएको छ । व्यवस्थापनले खर्च कटौतिका लागि भन्दै अनिवार्य अवकाशको निर्णय गरेपछि पत्रकारहरु आन्दोलित भएका हुन् ।
युनियनले बीबीसी स्कटल्याण्ड, फाइभ लाईभ, द एशियन नेटवर्क र वल्र्ड सर्भिसका पत्रकारहरु कटौतिमा पर्न लागेको जनाएको छ । बीबीसीका प्रवक्ताले आफ्ना नियमित प्रसारणमा आएको अवरोधप्रति क्षमा माग्दै युनियनको कदम भने निराशाजनक भएको जनाएका छन् ।
बीबीसीमा पछिल्लो आठ वर्ष यता ७ हजार कर्मचारी अनिवार्य अवकाशमा परिसकेका छन् भने थप २ हजारको जागिर पनि जोखिममा परेको समाचारमा जनाइएको छ ।