काठमाडौं, फाल्गुन ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल
थापाले राष्ट्रपति डा. रामवरण यादव संविधानको नभई चार दलको मात्र संरक्षक
बनेको अरोप लगाएका छन् । प्रजातन्त्र दिवसको अवसरमा राप्रपा नेपालले आज
राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष थापाले राष्ट्रपतिले आफू चार दलको
संरक्षक र राष्ट्रपति भवनलाई पार्टी कार्यालयमा परिणत गरेको भन्दै आलोचना
गरे ।
उनले भने–‘चार दलका शीर्ष नेताहरुको बैठक शीतल निवासमा बसिरहेको छ र त्यो बैठकको संयोजकको भूमिका नेपाली जनताको साझा संस्थाको रुपमा होइन, चार दलीय सिन्डिकेडको संयोजकको भूमिका राष्ट्रपतिले निभाईरहनु भएको छ ।’
थापाले अगाडि भने–‘त्यो शीतल निवास नेपाली जनताको साझा सम्पत्ति, त्यसलाई चार दलको बैठक गर्ने पार्टी कार्यालयका रुपमा परिणत गर्न खोजिएको छ ।’
कार्यक्रममा थापाले सरकार र दलहरुले २००७ सालको प्रजातान्त्रिक आन्दोलनको अवमूल्यन गर्दै राजा र जनताको सहकार्यबाट प्रजातन्त्र आएको इतिहास मेटाउने प्रयास गरेको आरोप समेत लगाए ।