क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷देशको वर्तमान राजनीतिक परिस्थितिको फाइदा उठाउँदै नेपालभित्रकै केही
विदेशी दलालहरू विभिन्न सामाजिक सञ्जालहरूमार्फत मुलुकमा धार्मिक द्वन्द्व बढाउने
कार्य अर्थात प्रयासमा सक्रियतापूर्वक लागेको समाचार बाहिर आएको छ ।
नुवाकोटमा जन्मेर काठमाण्डौमा हुर्की–बढी हाल अमेरिकामा बस्ने छद्दम नाम “शास्वत इन्स्टिंग” असली नाम वासुदेव
लोहनी विगत केहि वर्षदेखि नेपालमा जातीय दंगा फैलाउन र हिँसा भड्काउने गतिविधिमा
तीव्ररूपमा लागेको निजले सामाजिक संजाल फेसबुक तथा निजको निजि ब्लगबाट लेखिएको लेख
तथा विचारहरूबाट पुष्टी हुन्छ । जातित्वको हिसाबले हेर्दा उनि एक कट्टर ब्राम्हण
समुदायमा जन्मेका ब्राम्हण जातिका नागरिक हुन । ब्राम्हण जातिको भएर पनि “गाइ काटेर खान पाउनु पर्छ ¤” भनेर निज लोहनीले
January 24, 2013 मा निजको ब्लगमा पोस्ट गरेको यो लेखलाई मनन गरौं
।
Posted on January 24, 2013
by shashwat
गाई–गोरु काट्न पाउने सम्बन्धमा
सभ्यताहरूको टकराव परिरहेको छ
संसारमा, यो कुरो त हामी (हिन्दुहरू) मान्छौ होला,
अनि त्यसैकारण हाम्रो सभ्यतामाथि पश्चिमाहरूबाट धावा
बोल्ने काम भैरहेछ । सकेको खण्डमा त पश्चिमाहरूले हाम्रो सभ्यतालाई माया र याज्टेक
सभ्यताहरूलाई जस्तै क्वाप्लाक्कै निलिदिने थिए, प्रयास त उनिहरुले गरेकै थिए, अहिले पनि
जारी छ । आफ्नो संस्कृति प्रति पश्चिमा संस्कृतिले धावा बोलिरहेको देख्ने हाम्रो
आँखाले हाम्रै संस्कृतिले हाम्रै देशका साना साना जातिहरुका आदिम संस्कृति निल्न
खोजेको चै किन देख्न सक्दैनौ, कुरो बुझीनसक्नु
छ ।
नेपालका अरु जातिहरुलाई पनि त हामीलाई जस्तै आफ्नो
साँस्कृतिको माया पक्कै छ, त्यसैले त
हिन्दुकरण भयो हिन्दुकरण भयो भनेर कराउँदैछन्, हिन्दुकरण हुनबाट जोगाएर उनिहरुले आफ्नो पहिचान पश्चिमाहरूको पोल्टामा
समर्पण गर्न त पक्कै चाहिरहेका छैनन् होला, हामी विदेशी संस्कृतिबाट जति त्रसित छौं उनिहरु त झन् त्रसित छन्, हामीले उनिहरुको मर्म बुझे पो उनिहरुले हाम्रो मर्म बुझ्ने
छन् । घरका सबैले एक अर्काको मर्म बुझे पो सबै एकजुट भएर देश विकास गर्दै
विदेशीहरूसँग मज्जाले पंगा लिन सक्नेछौ, हैन भने त
“भाइ फुटे गावर लुटे” भने जस्तो हुन्छ ।
खानेले त आजपनि गाईलाई भिरबाट लडाएर मारेर खाइरहेका छन्,
भोलि पनि कुनै कानुनले उनीहरुलाई रोक्ने त छैन, भ्रष्टाचारीलाई भन्दा गोरु मार्नेलाई बढी सजाय राखेर हाम्रो
न्याय व्यवस्थाको किन उपहास गर्नु, बरु शान्तिका
खातिर, एकताको खातिर, व्यवसायिक हिसाबले हैन कि निजी र साँस्कृतिक प्रयोजनको लागि गाई गोरु बध
गर्न दिंदा हिन्दूहरूलाई हानी चैं के हुन्छ ?
संघीयता को पक्षमा बहस गर्नुपर्छ यदि राज्यले संघियता
स्वीकार्दैन भने नेपाललाई भारतमा बिलय (Merge) गर्नुपर्छ भन्ने निज वासुदेव लोहनीले 14 Feb 2013 मा निजको
फेसबुकमा पोष्ट गरेको यो लेखलाई बिचार गरौं (हाल निजले यो लेख फेसबुकबाट हटाइ
सकेका छन्)
-Bashu Dev Lohani, USA, 14 Feb 2013
FI will always be a Hindu unless I give up everything about
Hindutwa. So Hindu or Vedic civilization is my identity. I use Hindu synonymous
to Vedic civilization.
My country is
that place on earth where my identity should be unquestionably respected and
preserved. So my country is important. But if the state of my country does not
respect my identity, then I will have to fight against the state. This is what
the Janajaatis are currently doing. If the countryÆs name r´ains Nepal, then
India is merged in Nepal, not otherwise, and keeping our flag is the proof. It
just means we increased our land by 22 times. If Nepal merge with India, keep
NepalÆs name and flag, then I have no probl´.”
नेपालमा जन्मी हुर्की बढी खेली खाएका
यी बासुदेब लोहनी हाल अमेरिकामा बस्छन् । देशको हित बिरुद्ध प्रचार प्रसारमा तिब्र
रुपमा लागेका छन् । यस्ता देश द्रोही किन यस्ता काममा लागेका छन् भन्ने कुरालाई
नियालेर हेर्ने हो भने देशमा भएको अस्थिर राजनीतिलाई मौकाको फाइदा उठाउँदै खासगरी
पश्चिमा राष्ट्रहरु बासुदेब लोहनी जस्ता राष्ट्रघातीहरुलाई परिचालन गरेर देशमा
धर्म परिवर्तन, जातीय दंगा गराउनमा सकृय छन् भन्ने
कुरा हाल नेपालमा घटेको घटनाले छर्लङ्ग पारेको छ । देश भनेको जननी हो र तेश्रो
मुलुकमा बस्न पाउने लोभमा आफ्नै जननीलाई बेच्नपछि नपर्ने वासुदेव लोहनीजस्ता देश
द्रोहीहरूलाई इन्टरपोलको सहयोगमा पक्राउ गरि नेपालमा ल्याएर किन कारबाही गरिंदैन ?
यस्ताहरुकोलागि मृत्युदण्ड पनि कम हुन्छ होला त्यसैले
राष्ट्रघातको विरुद्धमा मृत्यदण्ड दिने कानुन नेपाल सरकारले किन बनाउदैन ? यो आजको टड्कारो प्रश्न हो ।
नेपालको गृहप्रशासनले साइबर क्राइमको कानुनी प्रावधानको
प्रयोग गरेर मुलुकविरोधी गतिविधि गर्ने यस्ता राष्ट्रघातीहरूको पहिचान गरी समयमै
कारवाही गर्न नसक्ने हो भने मुलुकमा धार्मिक एवं विभिन्न आन्तरिक द्वन्द्वको
स्थिति नआउला भन्न सकिन्न ।