क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷ पर्सा जिल्लामा रहेको सिमेन्ट कारखानाहरूले मापद्दण्ड विपरितका सामानहरू मिसावट गरी सिमेन्ट उत्पादन गर्ने गरेको रहष्य खुलेको छ ।
यसरी मापदण्डविपरितका कच्चापदार्थहरू मिसावट गरी सिमेन्ट उत्पादन गर्ने सिमेन्ट उद्योगहरूमा श्री सिमेन्ट्स र अम्बे सिमेन्ट उद्योग रहेको पाइएको छ ।
तोकिएको मापदण्डअनुसार उत्पादन नगरेको अभियोगमा ती दुई दुईवटा सिमेन्ट कारखानाको उत्पादनमा रोक लगाइएको छ ।
श्री सिमेन्ट्स र अम्बे सिमेन्टले तोकिएको मापदण्डविपरीत
उत्पादन गरी उपभोक्तालाई ठगी गरेको आरोपमा गुणस्तर तथा नापतौल विभागले ती कारखानाको उत्पादनमा रोक लगाएको हो ।
केही दिनअघि गरेको अनुगमनका क्रममा ती सिमेन्ट कारखानाबाट उत्पादित सिमेन्टले तोकिएको मापदण्ड पूरा नगरेको पाइएकाले विभागले थप अनुसन्धान र छानबिनका लागि ती कारखानामा शिलबन्दी गरी हालको लागि उत्पादनमा रोक लगाएको गुणस्तर तथा नाप तौल कार्यालय वीरगंजले जनाएको छ । श्रोतले दिएको जानकारी अनुसार विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने ती कारखानाको उत्पादनमा रोक लगाएर त्यसका सञ्चालकसँग स्पषटीकरण सोधिएको छ । स्पषटीकरण आएपछि मात्र थप कारबाहीको प्रक्रिया अघि बढाउने विभागले तयारी गरिरहेको प्राप्त समाचारमा जनाइएको छ ।
२०६९ फागुन १० गते क्राइम चेकमा प्रकाशित