काठमाडौं, फाल्गुन ७ । प्रधानन्यायधीशको नेतृत्वमा चुनावी सरकार
गठन गर्ने चार मूख्य दलबीच भएको सहमतिको तिनै दलका केही नेताहरुले चर्को
विरोध गरेका छन् । आज राजधानीमा राष्ट्रिय क्रान्तिकारी कम्युनिष्ट
वुद्धिजीवि संगठनले आयोजना गरेको कार्यक्रममा कांग्र्रेस र एमालेका
नेताहरुले प्रधानन्याधीशको नेतृत्वमा सरकार बनाउने सहमतिको विरोध
गरेका हुन् ।
कार्यक्रममा कांग्रेस नेता प्रदिप गिरी र एमाले नेता प्रदिप ज्ञवालीले प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाउनु भनेको रोग लागेको विरामीलाई विष दिनु जस्तै हुने टिप्पणी गरे ।
प्रधानन्यायाधीशको नेतृत्वमा बन्ने सरकारले चुनाव गराउनै नसक्ने उनीहरुको दाबी थियो ।
सोही कार्यक्रममा नेकपा माओवादीका सचिव देव गुरुङ्गले चार दलले फेरि मुलुकलाई निरंकुश व्यवस्थातर्फ फर्काउन खोजेको टिप्पणी गरे ।
त्यस्तै नेपाल बार एशोसिएशनका महासचिव सुनिल पोखरेलल दलहरुले आफूलाई असफल भएको घोषणा गरेमात्रै प्रधानन्यायधशीको नेतृत्वलाई स्वीकार्न सकिने बताए ।