हेटौंडा, ७फागुनः नेकपा एमालेका प्रभावशाली नेता केपी ओलीले देशलाई यथास्थितीबाट मुक्ति दिलाउन प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने अहिलेको उपयुक्त विकल्प भएको बताउनुभएको छ ।
थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको स्मृतिमा संचालित हेटौंडाको रेडियो थाहा संचारको पाँचौं वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै नेता ओलीले यस्तो बताउनुभएको हो । राजनीतिक पार्टीको नेतृत्वमा सहमतिको सरकार निर्माण हुन नसकेपछि यहि विकल्पमा आफूहरु अघि बढेको उहाँको स्पष्टोक्ति थियो ।
‘कुनै पनि प्रस्तावमा सहमति नभएरै देश नौ महिना गुज्रियो’, नेता ओलीले भन्नुभयो, ‘बल्ल सरकारको नेतृत्व गरिरहेको दलले प्रधानन्यायाधीशमा सहमति गरौं भनेपछि त्यसैलाई समातेर हामीले देशलाई निकास दिन खोजेका हौं ।’ अझै पनि सत्ताधारी गठबन्ध कुर्सी छोड्न आनाकानी गरिरहेको उहाँको आरोप थियो ।
निष्ठा र सिद्धान्तको राजनीति बिलाउँदै गएको भन्दै उहाँले लाभको राजनीति मौलाउँदै गएकाले सहमतिमा समस्या आएको बताउनुभयो । कार्यपालिका र न्यायपालिकाको नेतृत्व एउटै व्यक्तिले गर्दा शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने आवाज उठ्नु स्वभाविक भन्दै नेता ओलीले तर तिनै शक्ति निर्माणका लागि यो बाटो रोजिएको स्पष्ट पार्नुभयो ।

Nepalese Rupee Exchange Rate