विदुर शर्मा,
१७ फेब्रुअरी, दक्षिण कोरिया
दुइ नेपालीको मृत्यु भएको हप्तादिन नपुग्दै थप दुइ जनाको मृत्यु भएको छ l बैदेशिक रोजगारको लागि अन्य मुलुकभन्दा आकर्षक मानिएको दक्षिण कोरियामा झापाका ३५ बर्षीय राजेश कुमार राईको म्यानमार नागरिकको आक्रमणबाट मृत्यु भएको हो l
रोजगार अनुमति प्रणाली (इ पी एस) अन्तर्गत ११ महिना अघि कोरिया आएका राई को सहकर्मीकै आक्रमणबाट
मृत्यु भएको हो l छनान स्थित एक कम्पनीमा कार्यरत उनलाई सामान्य बिबादका क्रममा चक्कु प्रहर गरि हत्या गरिएको जनाइएको छ l
यसैगरी ४ महिना अघि भ्रमण भिसामा आएका भैरहवा का ३६ बर्षीय श्याम कुमार गैरे सुतेकै कोठामा मृत अवस्थामा फेला परेका छन् l
कार्यरत कम्पनीकै कोठामा मृत अवस्थामा फेला परेका गैरेको हृदयघातबाट मृत्यु भएको कोरिया प्रहरीले जनाएको छ l
यस सम्बन्धमा राजधानी सौल स्थित नेपाली दुताबासको कार्यालयमा सम्पर्क गर्दा यस्ता घटना दुखद भएको तर बैधानिक माध्यमबाट भन्दा अन्य प्रकृया बाट यहाँ आउने र त्यसको हामीलाई जानकारी समेत् नहुने हुनाले हामीले पनि मिडियामा प्रकासित भएपछी मात्र जानकारी पाउने अवास्था छ भन्दै दक्षिण कोरिया का
लागि नेपाली राजदुत कमान सिंह लामाले कुराकानी को सन्दर्भमा त्यस्ता व्यक्तिहरुको बिमा लगायतका क्षतिपूर्तिको लागि समेत् पर्याप्त कानुनी आधार नहुने कुरा
ब्यक्त गर्नुभयो l