राष्ट्रपति स्व. त्रिभुवन विक्रम शाह |
वीरगंज, ७ फागुन/ श्री त्रिभुवन जयन्ति र ६३ औं प्रजातन्त्र दिवस देशभर बिभिन्न कार्यक्रम गरेर भव्यतापूर्वक मनाईदैछ । यस अवसरमा वीरगंजमा पनि विभिन्न राष्ट्रवादी संघ–संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रपिता श्री ५ त्रिभुवनको जन्मजयन्ति मनाइरहेका छन् । सो अवसरमा नेपाल राष्ट्रवाद संघ, नेपाल विद्वत परिषद, राजसंस्था पुर्नस्थापना संघर्ष समिति, लगायतका विभिन्न राष्ट्रवादी संघसंस्थाले संयुक्त रुपमा र छुट्टाछुट्टै रुपमा यो दिवस मनाइरहेका छन् ।
त्यसैगरी प्रजातन्त्र दिवसको अवसरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिंदैछ । बिक्रम संवत २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्यभई प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा हरेक बर्ष यो उत्वस मनाउदै आइएको छ ।
पहिलो पटक नेपाली धर्तीमा क्रान्तिको बिगूल फुकेर तात्कालीन योद्धाहरुले यो देशलाई जहानियाँ राणाशासनबाट मुलुकलाई मुक्त गराएका थिए । यसक्रममा विक्रम सम्वत् १९९७
सालमा चार जनालाई तात्कालीन राणा सरकारले मृत्युदण्ड दिएको थियो । प्रजातन्त्रप्राप्तिको २००७ सालको लडाईमा मूख्य गरी नेपाली कांग्रेसले ठूलो भूमिका खेलेको थियो । नेपाली समाजमा सामाजिक र राजनीतिक चेतना फैलाउन प्रजा परिषदले शुरु गरेको अभियानमा क्रान्तिको नेतृत्व भने नेपाली कांग्रेसले गरेको थियो ।
सालमा चार जनालाई तात्कालीन राणा सरकारले मृत्युदण्ड दिएको थियो । प्रजातन्त्रप्राप्तिको २००७ सालको लडाईमा मूख्य गरी नेपाली कांग्रेसले ठूलो भूमिका खेलेको थियो । नेपाली समाजमा सामाजिक र राजनीतिक चेतना फैलाउन प्रजा परिषदले शुरु गरेको अभियानमा क्रान्तिको नेतृत्व भने नेपाली कांग्रेसले गरेको थियो ।
प्रजातन्त्रको विहानी ल्याउने उक्त क्रान्तिमा, राणाहरुको खोपीमा बन्दीसरह राखिएका राजा त्रिभुवनले पनि साथ दिएपछि आन्दोलन उत्कर्षमा पुगेको थियो । कांग्रेसको आह्वानमा भएको उक्त क्रान्तिमा भर्खरै गठन गरिएको नेपाल कम्युनिष्ट पार्टीसहितका दलहरुको पनि साथ र सहयोग गरे । फलस्वरुप पहिलो पटक जनताको छोराले देशको राजनीति सञ्चालन गर्ने अवसर पाए । ६३ वर्षको यो दौरानमा मुलुकले थुप्रै घुम्ती र मोडहरु पार गरिसकेको छ । जनतासँग मिलेर ल्याएको प्रजातन्त्रको सरहदभित्र बस्न नचाहँदा अहिले त देशबाट राजसंस्थाको अन्त्य नै भैसकेको छ ।
२०६२-०६३ मा भएको आन्दोलनको फलस्वरुप देशमा अहिले गणतन्त्र त आएको छ तर गणतन्त्रको आधारभूत मूल्य र मान्यतामा दलहरु टिक्न नसक्दा देश नराम्ररी संक्रमणको जंजालमा फसेको छ । अझ दलहरुबीच बढेको निषेधको राजनीतिको परिणाम नेताहरु नै प्रधानन्यायाधीशको नेतृत्वमा निर्दलीय सरकार बनाउने दिशामा उन्मुख छन् । प्रजातन्त्रका लागि तानाशाही शासनले उपहार दिएको ताता गोली छातीमा थापेका हाम्रा प्रातःस्मरणीय शहीदहरुले यो दिन देख्नका लागि भने पक्कै थिएन । तैपनि आज देश र जनताका खातिर आफ्नो प्राणउत्र्सग गर्ने तिनै ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली दिदै प्रजातन्त्रको स्थापनालाई चीरस्मरण राख्न देशभर विशेष कार्यक्रमहरु गरिदैछन् ।