वीरगंज, ६ फागुनः पूर्व रानी
कोमल राज्य लक्ष्मीदेवी शाहको शुभ जन्मोत्सव धूमधामका साथ मनाउने तयारी गरिएको छ ।
फागुन ७ गते अर्थात भोली सोमवारका
दिन परेको पूर्व बडामहारानी शाहको जन्मोत्सवमा स्थानीय जनताहरू विशेष रुपले मनाउने
तयारी गरिएको नेपाल
राष्ट्रवाद संघ पर्साले जनाएको छ ।
सो अवसरमा सोमबार सिमरामा विशेष कार्यक्रमको आयोजना हुँदैछ । प्रभू निवासमा
पूर्व रानी कोमलले सर्वसाधारणहरुलाई समेत आफ्नो जन्म दिनका अवसरमा शुभकामना प्रदान
गर्नका लागि भेट दिने भएकी छन् । जन्मदिनको तयारीका लागी विभिन्न राष्ट्रवादी संघ संगठनका
साथै स्थानीय जनता एवं प्रभू निवासका कर्मचारीहरु व्यस्त रहेका छन् ।
पूर्व रानीसँगको भेटका लागी राजावादी, हिन्दूवादी संघ संस्थाका
साथै राजसंस्थाप्रति
आस्थावान्हरु ठूलो संख्यामा सीमरामा उपस्थित हुने अनुमान राजसंस्था पुनःस्थापना संघर्ष
समितीले गरेको छ ।जन्मदिनको कार्यक्रममा शिव सेना नेपाल, राष्ट्रिय
सरोकार मञ्च, हिन्दू महासंघ,राष्ट्रिय एकता
पार्टी, शान्ति समूहका कार्यकर्ताहरुको समेत सहभागीता हुने राष्ट्रिय
एकता पार्टीका केन्द्रिय सदस्य गगनदेव साहले जानकारी दिएका छन् ।पूर्व राजा ज्ञानेन्द्र
एक महिनाभन्दा लामो समयको बसाइका क्रममा माघ २५ गतेदेखि सीमरास्थित प्रभू निवासमा बास
बसेका छन् ।
Nepalese Rupee Exchange Rate