वीरगंज, १४ फागुन÷
आदर्श बाल विकास प्राथमिक विद्यालय, बेलवा–३ पर्साको आयोजनामा आज सम्पन्न रक्तदान कार्यक्रममा पचीसजनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा जैबुनेशा खातुन, दुर्गावती देवी गरी दुई महिलासहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुलेमान अंसारी, सुलेमान अंसारी, बालकृष्ण दहैत, रामबाबू साह, महम्मद उमैश, रमेश महतो, कपिलदेव यादव, समसुल अंसारी, निजामुद्दीन देवान
लगायत २५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए । रक्तदान कार्यक्रममा केन्द्रका जीतेन्द्र कुशवाहा, आरएन चौधरीले सघाएका थिए । कार्यक्रम गाविस सचिव प्रेमनाथ चौहानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
Nepalese Rupee Exchange Rate