पूर्व युवराजले आँखा खोले – पूर्व राजदम्पति भोली बैंकक जाने,


वीरगंज÷हृदयघात भई गंभीर अवस्थामा बैंककस्थिति समितिभेज अस्पतालमा उपचार गराईरहनुभएका पूर्व युवराज पारस विक्रम शाहको स्वास्थ्यस्थितिबारे बुझ्न पूर्व राजदम्पति भोलि अर्थात् बुधवार बैंकक सवारी हुने जानकारीमा आएको छ ।
          बुधवार दिउँसो पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह, रानी कोमल शाहसहित पूर्व युवराजका छोरा छोरी पनि बैंककतर्फ सवारी हुने श्रोतले जनाएको छ ।
उता पूर्व युवराज शाह उपचारार्थ खटिएका अस्पतालमा गएका उनका नितान्त पारिवारिक श्रोतबाट हामीलाई प्राप्त खबर अनुसार उनको स्वास्थ्य अवस्था तुलनात्मक रुपमा सुधारोन्मूख हुँदै गएको
र हिजो केहीवेर आँखा समेत खोलेका थिए । यद्यपि समितिभेज अस्पतालले मंगलवार एक विज्ञप्ती जारी गरी उनको स्वास्यमा कुनै सुधार हुन नसकेपनि स्थिर रहेको जनाएको छ ।

यता युवराज पारस शाहको स्वास्थ्य अवस्थाबारे चिन्तित नेपाली समुदायले देशका विभिन्न भागमा दिनहुँजसो पूजापाठ गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पूजापाठ गरिरहेका छन् । सोही क्रममा मंगलवार काठमाण्डौको कमलादीस्थित गणेश मन्दिरको प्रांगनमा याक एण्ड यति र रोयल कैसिनोका होटल संघले पूर्व युवराज पारसको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विशेष पूजा अर्चनाकासाथै दीप प्रज्वलन गरेको छ । हजरौंको संख्यामा उपस्थित सो दिप प्रज्वलन तथा प्रार्थना कार्यक्रममा विभिन्न धर्मावलम्बीका साथै महिला, पुरष युवा, सर्वसाधारणलगायतको उपस्थिति रहेको थियो । 

काठमाण्डौका साथै देशैभरि उनको स्वास्थ्यलाभको कामना गर्दै विभिन्न धार्मिक स्थानमा पूजा–आजा गर्ने क्रम बढ्दो छ । यसअघि क्राइम चेक परिवारले पनि वीरगंजको गहवामाई मन्दिरमा उनको शीघ्रस्वास्थ्यलाभको कामनासहित पूजाआजा गरिसकेको छ जसमा नेपाल राष्ट्रवादसंघ पर्सा, राजसंस्था पुर्नस्थापना संघर्षसमिति केन्द्रिय कार्यसमिति, बारा जिल्ला कार्यसमिति, हिन्दुवादी संघ, शिवसेना नेपाल तथा हजारौंको संख्यामा सर्वसाधारणको उपस्थिति थियो ।

क्राइम चेक परिवार उनको शीघ्र स्वास्थ्यलाभकोलागि निरन्तर कामना गरिरहेको छ ।

SHARE THIS

Author:

Facebook Comment