बारा, फागुन १५ – जिल्ला प्रशासन कार्यालय बाराले कार्यक्षेत्रमा नगई सदरमुकाममै बस्दै आएका १० वटा गाविसका सचिव र प्राविधिक सहायकलाई नियन्त्रणमा लिएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णहरी पुस्करले आज गाविस सचिव
र प्राविधिक सहायकलाई पक्राउ गरि प्रहरी हिरासतमा राखिएको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले सचिवहरु राजु अर्याल, रमेश पाण्डे, कमलेश चौधरी, महेन्द्र कुशवाहा, वीरबहादुर यादव तथा प्राविधिक सहायकहरु रामविश्वास चौधरी र रमेशकुमार क्षेत्रीलाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।
Nepalese Rupee Exchange Rate