विदुर शर्मा, २५ फेब्रुअरी, कोरिया :- दक्षिण कोरियाकी प्रथम महिला राष्ट्रपती पार्क गेयुन हे ले आज पदभार ग्रहण गरेकी छन् l
दक्षिण कोरियाको अठारौं राष्ट्रपती पार्कले राजधानी सौल स्थित् राष्ट्रपती भवनमा एक बिशेस समारोह बिच पदभार ग्रहण गरेकी हुन् l
जनतालाई आर्थिक रुपमा सबल बनाउँदै खुसी बनाउनु र संस्कृति लाई उन्नत बनाउने आफ्नो कार्यकालका प्रमुख एजेण्डा भएको बताउँदै करिब २० मिनेट लामो आफ्नो भाषणमा उत्तर कोरिया लाई चेतावनीसमेत दिन भ्याईन् l
केहि समय अगाडी उत्तर कोरिया ले गरेको आणविक परिक्षण पर्ती आपत्ति प्रकट गर्दै यसले कोरियाली जनताको शान्तिप्रतिको चाहनामा आघात पुगेको बताउँदै आगामी दिनमा यस्ता गल्ति नदोहोर्याउन आग्रह समेत् गरिन l नेपाल, अमेरिका, चिन, रसिया लगायतका
कुटनैतिक प्रतिनिधिहरु उपस्थित समारोहमा आँफूले उत्तर कोरिया सँग विश्वाशको बाताबरण बनाउन लागिपर्ने बताउँदै, उत्तर कोरियाले पनि अन्तर्राष्ट्रिय मूल्य र मान्यताको ख्याल गर्ने आशा राख्दै अमेरिका, चिन, जापान र रसिया लाई कुटनीतिक पहल गर्न आग्रह गरिन l
कुटनैतिक प्रतिनिधिहरु उपस्थित समारोहमा आँफूले उत्तर कोरिया सँग विश्वाशको बाताबरण बनाउन लागिपर्ने बताउँदै, उत्तर कोरियाले पनि अन्तर्राष्ट्रिय मूल्य र मान्यताको ख्याल गर्ने आशा राख्दै अमेरिका, चिन, जापान र रसिया लाई कुटनीतिक पहल गर्न आग्रह गरिन l
राजनीतिक सुधार र आर्थिक लोकतान्त्रिकरणको नारा सहित चुनाबी मैदानमा उत्रिएकी ६० बर्षिया पार्क आफ्ना प्रतिद्वन्दी मुन जे इन लाई पछी पार्दै गत डिसेम्बर मा सम्पन्न निर्बाचनमा ५१.५ प्रतिशत अर्थात् १ करोड ४२ लाख २८ हजार ८१ मत ल्याएर बिजयी भएकी हुन् l
सन् १९५२ को फेब्रुअरी मा दक्षिण कोरियाको थेगुमा जन्मिएकी पार्क ले सोल स्थित् सङ्सिम विश्वविद्यालय र फ्रान्सको ग्रिनोबल बिश्वबिद्यालयमा अध्यन गरेकी हुन् l उनका एक भाइ एक बहिनि रहेका छन् l उनकी आमाको सन् १९७४ मा हत्या भएको थियो l तत्कालिन राष्ट्रपती अर्थात् पार्क गेयुन हेका पिता पार्क चुङ ही ले सन् १९६२ देखि अठार बर्ष सम्म सैनिक सासनको समेत् नेतृत्व गरेका थिए l सैनिक सासनको अवधिमा उनले गरेको आर्थिक सुधारलाई वर्तमान आर्थिक सम्पन्नताको आधार मानिन्छ l उनैकि छोरी अर्थात् वर्तमान राष्ट्रपती पार्क गेयुन हे ले अवको कोरिया कस्तो बनाउलिन त्यो त हेर्न बाँकिनै छ l

Nepalese Rupee Exchange Rate