गाई काट्ने मासुसहित पक्राउ

विराटनगर, फाल्गुन १४ । मोरङस्थित ईलाका प्रहरी कार्यालय रंगेलीले गाई काट्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ वरडगा गाउँ विकास समिति वडा नम्बर ६ बस्ने अलिम उद्धिन मिया रहेका छन् । 

उनलाई सुराकीको आधारमा गाईको छाला र मासु सहित पक्राउ गरिएको प्रहरी निरीक्षक घजिन्द्र बहादुर कार्कीले जानकारी दिए ।

मुलुकी ऐनमा चौपाया महलको ११ नम्बर बमोजिम गौबध गर्नेलाई १२ वर्ष सम्मको कैद हुने कानूनी व्यवस्था छ ।
स्रोत : इमेज च्यानल

SHARE THIS

Author:

Facebook Comment