पारसको स्वास्थ्यमा थप सुधार

काठमाडौं, फाल्गुन १४ । साता दिनअघि बैंककमा हृदयघात भई गम्भीर अवस्थामा अस्पतालमा उपचाररत पूर्व युवराज पारसको स्वास्थ्य अवस्थामा सामान्य सुधार आएको जनाइएको छ । उहाँको मुटुको धड्कनमा सामान्य सुधार भएको हो ।

मुटुको पल्सरेट आज ४५ देखि ५० मा रहेको छ । जबकी हिजो त्यो दर ३०–४० मात्र रहेको पारिवारिक स्रोतलाई उधृत गर्दै थाइल्याण्डको बैंककबाट हाम्रा सहकर्मी गृष्मा राजभण्डारीले जानकारी गराउनु भएको छ ।

यसअघि हिजो पारसको उपचार भइरहेको बैंककस्थित सामितिभेज अस्पतालले प्रेस विज्ञप्ति निकाली पेटमा भएको रक्तश्राव रोकिएको जानकारी गराएको थियो ।
उहाँलाई दिईदै आएको उच्च रक्तचापको औषधीको मात्र पनि घटाइएको थियो ।

अस्पतालका चिकित्सक सायन चिपुडोम्वीतले पारसको अवस्था भने गम्भीर तर स्थिर रहेको जनाएका थिए ।
 स्रोत: र्इमेज च्यानल

SHARE THIS

Author:

Facebook Comment