अवैध हतियार संकलन अभियान संचालन


रौतहट,फाल्गुन १४ । रौतहट प्रहरीले अबैध हतियार संकलनको लागि एक महिने अभियान चलाएको छ ।
जिल्ला भित्र ठुलो परिमाणमा अबैध हतियार रहेको आशका गर्दै प्रहरीले अबैध हतियार बुझाउन ३५ दिने सूचना जारी गरेको छ ।
तोकिएको समयभित्र गैरकानुनी रुपमा राखिएका हतियार नबुझाएमा घर खानतलासी गर्दा फेला परे हात–हतियार तथा खरखजना ऐन २०१९ अनुसार कारबाही गर्ने चेतावनी जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको छ । प्रहरी उपरीक्षक गोबिन्दराम परियारले जिल्ला भित्र शान्ति सुरक्षा कायम राख्न यो अभियानको थालनी गरिएको बताउनु भयो । यस्तै, जिल्ला प्रहरी कार्यालयले चोरी, लुटपाट, अपहरणबाट जोगिन र ब्यक्तिगत सुरक्षाबारे ध्यान दिन, धुम्रपान मद्यपानको कुलत छुटाउने, सबारी चालकहरुबाट ट्राफिक नियमको पालन गर्न गराउने अभियान समेत संचालन गर्ने भएको छ ।


SHARE THIS

Author:

Facebook Comment