काठमाडौ, फागुन १४ – प्रधानन्यायधीश खिलराज रेग्मी चुनावी सरकारको नेतृत्व लिन तयार हुनु भएको छ ।
सोमबार बिहान आफ्नै निवास बालुवाटारमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुसंगको छलफलमा प्रधानन्यायधीश रेग्मी चुनावी सरकारको नेतृत्व लिन तयार हुनुभएको हो ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानन्यायधीश रेग्मी चुनावी सरकारको नेतृत्व लिन तयार रहेको जानकारी दिनुभएको हो । बिहान बैठकपछि आफ्नै निवास परिसरमा भएको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले प्रधानन्यायधीश रेग्मी चुनाव गराउन तयार रहेको बताउनुभयो ।
उहाँले त्यसका लागि केही कानुनी र संवैधानिक प्रक्रिया टुंगो लगाउन दिउँसो तीन बजे मुख्य दलहरुको छलफल हुने जानकारी दिनुभयो । दलहरुले सर्वोच्चमा परेका र पर्न सक्ने मुद्दालाई विचार गरी रेग्मी नेतृत्वको सरकार गठनका लागि बाधा अड्काउ फुकाउने भट्टराईको भनाई छ ।
प्रधानन्यायधीशसँगको छलफलपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले पनि प्रधानन्यायधीश रेग्मी चुनाव गराएर मुलुकलाई निकास दिन तयार रहेको जानकारी दिनुभयो ।
Nepalese Rupee Exchange Rate