![]() |
| पूर्व युवराज पारस |
वीरगंज, फाल्गुन १४ । हृदयघात भई गम्भीर अवस्थामा अस्पतालमा उपचार गराईरहेका रहेका पूर्व युवराज पारसको स्वास्थ्य अवस्थामा सामान्य सुधार आएको जनाइएको छ । पारसको उपचार भईरहेको बैंककस्थित सामितिभेज अस्पतालले हिजो साँझ जारी गरेको प्रेस विज्ञप्ति अनुसार पूर्व युवराज पारसको पेटमा भएको रक्तश्राव रोकिएको छ भने उहाँलाई दिईदै आएको उच्च रक्तचापको औषधीको मात्रा पनि घटाइएको छ । अस्पतालका चिकित्सक सायन चिपुडोम्वीतले जारी गरेको विज्ञप्तिमा पारसको अवस्था अहिले पनि गम्भीर तर स्थिर रहेको उल्लेख छ ।
यता, तराइका विभिन्न जिल्लाहरुको भ्रमणमा रहनु भएका पूर्व राजदम्पति भ्रमण छोट्याएर हिजो राजधानी फर्कनु भएको छ ।
यसैबीच, पूर्व राजारानी
बाराबाट फर्किएपछि राप्रपा नेपालका नेता तथा कार्यकर्ता र हजारौंको संख्यामा सर्वसाधारण निर्मल निवास पुगेर पूर्व युवराजको शिघ्र स्वास्थ्य लाभको कामना गरे । पूर्व राजालाई सान्त्वना दिन गएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको पूर्व युवराज जस्तो ब्यक्ति जीवन मरणको दोसाँधमा रहेका बेला पनि राज्यले वेवास्ता गरेको भन्दै आक्रोश ब्यक्त गर्नुभयो ।
पूर्व राजारानीलाई सान्त्वना दिन चाहनेहरुको निर्मल निवासमा भीड लागेको थियो ।
त्यसैगरी पूर्व युवराजको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै देशभरिका विभिन्न स्थानमा पूजाआज गर्ने क्रम बढ्दो छ । यसअघि शनिवार साँझ वीरगंजमा युवराज पारसको स्वास्थ्यलाभको कामनासहित दीप प्रज्वलन र गहवा माई मन्दिरमा पूजा आजा गर्न सर्वसाधारणका घुइँचो लागेको थियो ।
सम्बन्धित समाचारहरू
http://www.crimechecknews.com/2013/02/blog-post_8179.html
http://www.crimechecknews.com/2013/02/blog-post_6176.html
http://www.crimechecknews.com/2013/02/blog-post_1577.html
http://www.crimechecknews.com/2013/02/blog-post_8179.html
http://www.crimechecknews.com/2013/02/blog-post_6176.html
http://www.crimechecknews.com/2013/02/blog-post_1577.html

Nepalese Rupee Exchange Rate