क्राइमचेक प्रतिनिधि÷
काठमाण्डौ÷नेकपा एमालेका नेता एवम् कार्यदलका सदस्य भीम रावलले प्रधानन्यायधीशको नेतृत्व एमालेले स्विकार गरिसकेको स्पष्ट पार्दै अब पनि सहमति बन्न नसके प्रधानमन्त्री डा. बाबुराम भट्टराई, एमाओवादी र मधेसी मोर्चाको कारण बन्न नसक्ने दावी गरेका छन् ।
रिपोटर्स क्लव नेपालले बुधवार काठमाण्डौमा आयोजना गरेको साक्षात्कार कायक्रममा बोल्दै नेता रावलले वर्तमान प्रधानमन्त्रीले लगातार राष्ट्रघाती काम गर्दै आएकोले त्यसलाई रोक्न पनि प्रधानन्याशीको नेतृत्व स्विकारेको स्पष्ट पार्दै कार्यदलले शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका र दलहरुको भूमिकालाई असर नपर्ने गरी प्रतिवेदन तयार पारेको बताए ।
प्रधानमन्त्रीले मंगलबारको बैठकमा राजनीतिक संयन्त्र निर्माण गरेर दलहरुको भूमिका राख्ने कुरा प्रधानन्यायधीशले मान्नु हुन्न कि भनेर उहाँ आफ्नो सत्ता लम्ब्याउने योजनमा लागेका छन् कि भन्ने आशंका उब्जिएको बताउँदै रावलले प्रधानमन्त्री अझै आफैं टिकिरहने रणनीतिमा रहेको आरोप लगाए ।
एमालेल प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु हुँदैन भन्ने पक्षमा नभएको तर स्वतन्त्र न्यायपालिका र शक्तिपृथकीकरणमा असर पर्छ कि भन्ने चिन्ता भएको भन्दै निकासको लागि एक पटकको लागि निर्वाचनको सर्तमा नेतृत्व दिने विषमा पार्टी भित्र विवाद नभएको उनले दाबी गरे ।
यसैगरी तराई मधेस लोकतान्त्रिक पार्टी सहमहामन्त्री जितेन्द्र सोनलले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने विषयमा सहमति बन्ने दावी गर्दै विघठित संविधानसभाले गरेको काम, मतदाता नामावली र सत्य निरुप्ण आयोगको विषयमा कुरा अडकिएको बताए ।
उनले दल र लोकतन्त्रको विकल्प नभए पनि लोकतन्त्रलाई क्रियाशिल बनाउन चुनावको सर्तमा प्रधानन्यायधीशको नेतृत्व स्विकारिएको दावी गर्दै कुनै पनि हालतमा जेठ भित्रै निर्वाचन हुनै पर्ने ठोकुवा गरे ।
उनले मतदाता परिचयपत्र अनुसार निर्वाचन गराउँदा ३८ लाख मतदाता मतदानबाट बञ्चित हुने दावी गर्दै २०६४ सालकै मतदाता नामावलीलाई अपडेट गरेर निर्वाचन गराउनु पर्ने बताए । उनले भने–“फोटो सहितको मतदाता नामावली त्रुटिपूर्ण छ । त्यसबाट निर्वाचन हुन सक्दैन ।
सोनलले अहिलेको आवश्यकता निर्वाचन भएकोले धेरै सर्तहरु नराखी सहज बाटो बनाएर प्रधानन्यायधीशको नेतृत्वमा चुनाव सम्पन्न गराउनु पर्नेमा पनि जोड दिए ।