क्राइमचेक प्रतिनिधि÷
काठमाण्डौ÷पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न बुधवार बस्ने भनिएको नेकपा एमालेको स्थायी समितिको बैठक स्थगित भएको छ । दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित भएको एक नेताले जानकारी दिए । बैठक अध्यक्ष झलनाथ खनालले स्थगित गर्नुभएको जनाइएको छ । अर्को बैठक कहिले बस्ने बारेमा पनि कुनै जानकारी गराइएको छैन ।
बाहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउन गरेको समर्थन फिर्ता गर्नुपर्ने आवाज उठेपछि एमालेले आज स्थायी समितिको बैठक बोलाएको थियो । महासचिव ईश्वर पोखरेलले केन्द्रीय समितिको निर्णय विपरित नेतृत्वले समर्थन गरेको भन्दै नेतृत्वसँग जानकारी मागिने बताउनुभयो । उहाँले रेग्मीलाई प्रधानमन्त्री बनाउन गरिएको समर्थनका विषयमा पुर्नविचार गर्ने विषयमा पनि छलफल हुने बताउनुभयो ।
मंगलवार एमाले बरिषठ नेता माधवकुमार नेपाल नेतृत्वमा बसेको नेताहरुको बैठकले आज स्थायी समितिको बैठक बोलाएर छलफल गर्ने निस्कर्ष निकालेको थियो ।